१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विष्णुप्रसाद अर्याल


विष्णुप्रसाद अर्यालका लेखहरु :

यूएसएआइडीको कोष पदाधिकारीद्वारा दुरुपयोग

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो। प्राडा अम्माराज जोशी, प्राडा निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल सदस्य रहेको चारसदस्यीय छानबिन समितिले विभागमा सञ्चालन भएका परियोजनाका बारेमा हालै प्रतिवेदन बनाएर त्रिवि उपकुलपतिको कार्यालयलाई बुझाएको छ। त्रिवि कार्यकारी परिषद्को २४ नोभेम्बर २०१८ को निर्णयअनुसार गत नोभेम्बरमा छानबिन समिति गठन भएको थियो।

विदेशमा प्रतिबन्धित औषधि नेपालमा

उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

पाँच सय निजी कलेजलाई सम्बन्धन

दुई तिहाई बहुमतको वर्तमान सरकारले राष्ट्रिय शिक्षा विद्येयकको प्रस्ताव तयार पारिहेको छ। प्रस्तावमा विद्यालय शिक्षामा सात वर्ष भित्रमा नीजि लगानी अन्त्य गर्ने प्रस्ताव गरिएको छ। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकभित्र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीइभीटी)लाई नराखि शिक्षा मन्त्रालय अन्तर्गत राख्न दबाब दिँदै आएका छन्।

सुविधा लिनमात्रै दर्ता

कम्पनी दर्ता कार्यालयमा दर्ता भएका देशभरका करिब ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टर अस्तित्वमै नरहेको पाइएको छ ।

नेपालमै डाक्टरी पढेका अब्बल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्।

पाठ्यक्रम बदल्न दाताहरूकाे चलखेल

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग राष्ट्रिय पाठ्यक्रम प्रारूप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ । दोस्रो चरणको परियोजनाको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) दिइएको छ।

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ ।

औचित्यहीन काममा त्रिविको ध्यान

मुलुकको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एउटै प्रकृतिको कामका लागि चिनियाँ दुई इन्स्टिच्युटसँग छुट्टाछुट्टै सम्झौता गरी काम अगाडि बढाएको छ । वातावरणसम्बन्धी अध्ययन गर्न त्रिविले दुईटा संस्थासँग सम्झौता गरेको हो ।कार्यकारी परिषद्को निर्णयका आधारमा सो कार्यका लागि चीनको एउटा इन्स्टिच्युटलाई त्रिविले ३५ रोपनी जग्गा उपलब्ध गराएको छ । विश्वविद्यालयको जग्गा दिँदा सरकार वा त्रिवि सिनेटले पारित गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरिएको छ।

२५ कम्पनीका औषधि गुणस्तरहीन

नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ ।

वौद्धिक चोरी आरोपमा केयूका पाँच चिकित्सक कालो सूचीमा

नेपालका पाँच चिकित्सकहरुलाई इन्डोनेसिया स्थित बाली मेडिकल जर्नलले कालो सूचीमा राखेको छ। पाँच नेपाली बाहेक उक्त सूचीमा भारतीय चिकित्सक समेत छन्।

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, दश खर्ब १० अर्ब सकिँदै

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएका बेला सरकारले त्यही प्रकृतिको एक खर्ब दश अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू गरेको छ। संघीयताको भावनाविपरीत आएको एसएसडिपी पनि सफल हुन नसक्ने चेतावनी शिक्षाविद्हरूले दिएका छन्। एसएसआरपीका लागि ७.२ अर्ब रुपैयाँ खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याइएको छ।

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका

देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ। विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मूल्यमा तीनवटा खरिद गर्न सकिन्छ।

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्