१६ वैशाख २०८१ आइतबार
image/svg+xml
डा. नारायण मरासिनी


डा. नारायण मरासिनीका लेखहरु :

महाभूकम्पका चार वर्ष

महाभूकम्प गएको (२०७२ वैशाख १२) ४ वर्ष पूरा भएर पाँचमा लाग्यो। त्यतिबेलाका कहालीलाग्दा दृश्य र भोगाइ हाम्रो स्मरणबाट बिस्तारै धूमिल हुँदै गएका छन्। भूकम्पबाट क्षति भएका संरचना छिटो, सुरक्षित र व्यवस्थित रूपमा पुनर्निर्माण गर्न सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरु गरेको पनि ३ वर्षभन्दा बढी भइसक्यो।

‘सेटिङ’मा वैदेशिक सहयोग

नेपालमा तीव्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्न आन्तरिक स्रोत र पुँजीले मात्र सम्भव छैन। दोहोरो अंकमा आर्थिक विकास नगरी यो लक्ष्य भेट्न असम्भव छ र दोहोरो अंकमा आर्थिक विकासका लागि वैदेशिक लगानी/सहायता उल्लेख्य मात्रामा भित्र्याउनु अनिवार्य छ।

फेरि ठूलो भूकम्प जाला ?

वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो। सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए।

भूकम्पीय कम्पन र काठमाडौँ

काठमाडौँको माटाकोे विशेषता अन्य मुलुकको सामुन्द्रिक तटीय क्षेत्रमा पाइने माटाकोे भन्दा भिन्न खालको छ । वास्तवमा काठमाडौँको माटोमा भूकम्पको कम्पन बढाउने होइन कि घटाउने विशेषता छ ।

सहरी पुनर्निर्माणमा ढिलासुस्ती

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपश्चात सुरक्षित एवं व्यवस्थित पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तेस्रो वर्षमा पुग्यो । पाँच वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ स्थापना भएको पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति हेर्दा निरासै हुनुपर्ने अवस्था नभए पनि सन्तुष्ट हुने आधार देखिँदैन ।

भूकम्पीय जोखिम र तरलीकरणको असर

काठमाडौंंको बलौटे माटोमा भेटिने माइकाको कारण तरलीकरणको जोखिम अझ धेरै भएको विगतका अनुसन्धानले देखाएको छ। त्यसैले काठमाडौंको भूकम्पीय जोखिम न्यूनीकरणको कार्ययोजना बनाउँदा तरलीकरणबिना अपूर्ण रहन्छ।

पूनर्निर्माणले गति लिन किन सकेन?

वास्तवमा अहिले पुनर्निर्माणमा अड्चन भनेको परिकल्पना गरिएको स्थानीय स्तरको पुनर्निर्माण समिति गठन नहुनु हो। स्थानीय स्तरबाट खटिएका प्राविधिकहरूसँग हातेमालो गरी गाउँगाउँमा अभियान सञ्चालन गर्नपट्टि लाग्ने हो भने पुनर्निर्माणले पक्कै गति लिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्