१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सन्तोष सुवेदी


सन्तोष सुवेदीका लेखहरु :

नेपाल पुलिसलाई उपाधि

आहारारा गोल्डकपको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । पुलिसलाई जिताउन राम वाजी नायक भए । निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयअन्तर्गत पहिलोे हाफको इन्जुरी टाइममा वाजीले प्रहार गरेको बलले जाली चुम्यो । उनले गरेको गोल नै निर्णायक बन्यो । आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौं, सातौं र १३औं संस्करणमा एकआपसमा भएको थियो । तेस्रो संस्करणमा पुलिसले थ्री स्टारलाई सेमिफाइनलमा पराजित गरेको थियो भने छैटौं र सातौंमा पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमै पराजित गरेको थियो।

थ्री स्टार अन्तिम चारमा

इटहरीमा मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको तेस्रो दिन रुस्लान थ्री स्टार क्लबले सोमबार सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई टाई–ब्रेकरमा हराउँदै आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

टाई–ब्रेकरमा धरानको जीत

नेपाल त्रिभुवन आर्मी क्लबलाई टाई–ब्रेकरमा हराउँदै धरान फुटबल क्लबले आइतबार आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जारी सिजनमा तीनवटा उपाधि जितिसकेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पहिलो खेलबाटै घर फर्काउने क्रममा धरानले पोखरा रंगशालामा पेनाल्टी सुटआउटमा ५–४ को विजयी नतिजा निकाल्यो । त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ।

‘क्रसर’मा उखु पेल्न भ्याइनभ्याइ

‘पहिला–पहिला उखु पेल्ने मेसिनलाई काठेकोल भन्थे । पछि हामीलाई थाहा भएदेखि जमिनमा गाडेर तीनवटा डल्लामा गोरुले घुमाएर उखु पेलिन्थ्यो । यसरी उखु पेल्दा दिनमा एक टिन खुदो भन्दा हुँदैनथ्यो,’ ढोरबेंसीका केदारनाथ अधिकारीले उखु पेल्दै पहिलाको प्रविधिलाई स्मरण गर्दै भने, ‘९० दिनसम्म गोरुले उखु पोलेरर खुदो निकालेको अनुभव छ । अहिले बिजुलीको सहायतामा उखु पेल्ने मेसिन ‘क्रसर’आएसँगै सहजता भएको छ ।’

रंगशाला छिर्नको लागि परिचयपत्र

पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो ।

तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा

कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।

यस्तो बन्दैछ रंगशालाको पूर्वाधार

राजधानीको दशरथ रंगशाला भूकम्पले प्रभावित पारेसँगै अन्तर्राष्ट्रिय स्तरको खेलकुदको विकल्पमा पोखरा रंगशालालाई लिइएको छ। २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक पोखरामा हुन लागेको हो। त्यसैले पनि अहिले खेलकुदको भौतिक पूर्वाधारको बारेमा बहस चलिरहेको छ।

पशुजन्य औषधिले उपभोक्तालाई असर

पशुपक्षीको उत्पादन बढाउन एन्टिवायटिक प्रयोग रोक्नुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय पशुमा प्रयोग हुने औषधिको असर उपभोक्तामा पर्दै आएको छ । त्यसैले पनि बढ्दो एन्टिवायटिक प्रयोगलाई कम गर्नुपर्ने उनीहरुको माग छ ।

बचत रकम फिर्ता गर्न बैंकलाई दबाब

कैलाश विकास बैंकमा राखेको बचत रकम किर्ते हस्ताक्षर गरी निकालिएको भन्दै तत्काल फिर्ता गर्न बचतकर्ताले व्यवस्थापनसँग माग गरेका छन् । बैंकका तत्कालीन म्यानेजरले आफूहरुको रकम किर्ते हस्ताक्षर गरेर निकालेकोले त्यो रकम फिर्ता गर्न बचतकर्ताले माग गरेका हुन् ।

प्रेम गीत-२ को नौलो प्रचार

फिल्म निर्माण गरेपछि प्रचारका लागि पोस्टर भित्तामा टाँस्ने शैली कुनै नयाँ होइन। फिल्म 'कहाँ भेटिएला' निर्माणताका यो फिल्मको प्रचारमा भित्ते लेखनको प्रयोग भयो। यसलाई धेरैले नयाँपन भने।

'नसमाउ न नाडीमा'

अघिल्लो वर्षको हिट फिल्म 'छक्का पञ्जा' को सिक्वेल 'छक्का पन्जा-२' यतिबेला फ्लोरमा छ। फिल्मको टोली पोखरा–बाग्लुङ राजमार्गमा बिहीबार ट्राभल्स सङको सुटिङमा व्यस्त थियो।

रेनोको क्विडको नयाँ संस्करण

रेनो नेपालले रेनो क्विड ह्याचब्याकको विशेष संस्करणपोखरामा अनावरण गरेको छ।रेनो क्विड तथा डस्टर आठ महिना अवधिमा हजार युनिट बिक्रीको सफलतापछि विशेष संस्करण ल्याएको कम्पनीले जनाएको छ।यसको विशेष संस्करणलाई 'लिभ फर मोर एडिसन' भनेर चिनिन्छ।

गति लियो भलिबल ट्रेनिङ सेन्टरले

रंगशालामा एक वर्ष पहिलेदेखि निर्माण हुन लागेको क्षेत्रीय स्तरको भलिबल प्रशिक्षण सेन्टरले गति लिन थालेको छ। आवश्यक रकम अपुग भएपछि केही समय रोकिएको सेन्टर निर्माण कार्य अहिले धमाधम सुरु गरिएको छ।

२४ घण्टा देखि पोखरा–लेखनाथ महानगरको मतगणना हुन सकेन

गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्