१६ वैशाख २०८१ आइतबार
image/svg+xml
हिमनाथ देवकोटा


हिमनाथ देवकोटाका लेखहरु :

घरायसी विवादमा श्रीमानले लात हान्दा बाटुलीको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्ले स्थित डाँडाटोलमा स्थित घरमा विवाद हुँदा आइतबार बिहान साढे ११ बजे ७६ वर्षीय बुधे तामाङले बाटुलीलाई लात हानेका थिए।

गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापियो

रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको छ। करिब चार दिन लगाएर दुवै कुण्डको गहिराई नापिएको हो। गोसाइँकुण्ड तथा भैरवकुण्डमा यसअघि पनि गहिराइ नापिएको थियो।

गन्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन

रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। भूकम्प जानु अघिसम्म थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए। भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गञ्जला पास गर्न समस्या हुँदै आएको थियो। रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ।

रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालन

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुस्थित स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ।

नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने

यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।

रसुवा भन्सारः ६ वर्षमा ३० अर्ब ४० करोड राजस्व संकलन

कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कार्यालयले ३० अर्ब ४० करोड ५४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

४३ वर्षमा साढे तीन लाख पर्यटक

निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ।

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण

विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।

अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन गरिने

चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन गरिने भएको छ। चीनको जिलोङ काउन्टीबाट रसुवागढी नाका हुँदै रातमाटेसम्म निर्माण हुने ४ सय केभी प्रसारण लाइनको रुट परिवर्तन गर्न लागिएको हो। यसअघि वन क्षेत्रबाट निर्माण गर्न लागिएको थियो।

४३ वर्षमा साढे तीन लाख पर्यटक भित्रिए

यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्ष अघिसम्म विदेशी र सार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क लिँदै आएकोमा पछिल्लो समय पर्यटकको रूपमा आएका नेपालीसँग पनि शुल्क लिने गरेको छ।

रसुवाको करिब ११% क्षेत्रमा सिँचाइ सुविधा

खेतीयोग्य जमिनको सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सकिने भए पनि बजेट अभाव, भौगोलिक विकटता र कमजोर भौगर्भिक अवस्था प्रमुख समस्याको रूपमा रहेको देखिन्छ। सिँचाइका कार्यक्रम सञ्चालन गर्दा विस्तृत अध्ययनबिना नै योजनामा बजेट राखिँदा ती योजना समयमा सम्पन्न हुन सकेका थिएनन्।

गोसाइँकुण्डमा ५ हजार तीर्थयात्रीले मेला भरे

रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले मेला भरेका छन्। नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लागेको मेलामा करिब ५ हजार जना तीर्थयात्रीले मेला भरेका हुन्।

एक महिनामा ३१ वटा खाद्य सामग्रीको नमूना परीक्षण

स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।

पहिरोले पुरिँदा एकै घरका ४ जनाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्