२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
घिमिरे युवराज


घिमिरे युवराजका लेखहरु :

बर्मामा नेपालीपन खोज्दै

म्यान्मारको कत्था सहरमा सम्पन्न युवा सम्मेलनपछि गत नोभेम्बर २० तारिख बिहान मिचिनातिर लागियो, ‘अखिल म्यान्मा गोर्खा हिन्दू परिषद्’को टोलीसँग । युवा सम्मेलनपछि रंगुन फर्कने योजना परिवर्तन गर्दै परिषद्का अध्यक्ष सागर घिमिरेको निर्णयले हामी मिचिनातर्फ लागेका थियौँ । परिषद्को केन्द्रीय टोली विभिन्न स्थानका शाखाले गर्ने कार्यक्रममा सहभागी हुन मिचिनातर्फ लागेको थियो । र, त्यसैमा मिसिएको थिएँ म पनि ।

अस्तित्वको मौन लडाइँ

करिब ११ महिनाअघि होटल डाइमन्डको लबीमा हाम्रो पहिलो भेट भयो र मीठो कफी गफमा टुंगियो । त्यतिखेर उनी एनआरएन म्यानमारको अध्यक्ष पदमा थिए । सन् २००५ मा काठमाडौंमा भएको पहिलो गैरआवासीय संगठनको भेलापछि उनी म्यानमारका लागि अध्यक्षमा चुनिएका थिए। उनको चिन्ता म्यानमारका नेपालीभाषी समाजको उन्नति र समृद्धितिर थियो । उनको स्पष्ट मत छ, ‘हामी खासमा एनआएन होइनौँ, तर संसारभरि छरिएर बसेका नेपाली समुदायलाई जोड्ने एउटा माध्यम भएको हुनाले हामी पनि यसको सदस्य भयौँ ।’

समाज बहुल, सोच एकल

हरेक दिन रिक्सामा माइक राखेर बौद्धगान गाउँदै घरघर आउने भिक्षु केही दिनदेखि आउन छाडेका छन् । बिहान सबेरै ठूलो स्वरमा हुने धार्मिक अनुष्ठान पनि अचेल सुनिँदैनन् । भिक्षु र ‘गुम्बाका सहयोगी’ आउँछन् कि भनेर घर, कार्यालयदेखि व्यापारिक संस्थासम्म भिक्षा दिनेहरु पर्खेका छन् । यांगुन क्षेत्रीय प्रशासनले अचानक यस क्षेत्रका सार्वजनिक स्थानमा धार्मिक गतिविधिमा रोक लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्