१७ वैशाख २०८१ सोमबार
image/svg+xml
श्याम राई


श्याम राईका लेखहरु :

महानगरले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउन नीति ल्याउँदै

काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउने नीति ल्याउने भएको छ। महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सोमबार आयोजित आगो नियन्त्रण, खोज तथा उद्धारसम्बन्धी सात दिने आधारभूत तालिम समापन कार्यक्रममा अग्नि नियन्त्रकको प्रोत्साहनका लागि नीति ल्याउन लागेको बताए।

अकुपाई टुँडिखेल अभियान: टुडिखेलमा रोपिए खरीका बोट

सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टाुडिखेल’ अभियानअन्तर्गत टुँडिखेलमा खरीको बोट वृक्षरोपण गरेका छन्। शनिबार टुँडिखेलमा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायतले वृक्षरोपण गरेका हुन्।

पूर्णिमाको हिमाल प्रेम

हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ। गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन्। तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी। सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार ६,८१२ मिटर उचाइको आमादब्लम हिमाल चढिन्।

दुइमाजु मन्दिरपरिसरका पसलमा ताला

अमृता भट्टराईले सो मन्दिरपरिसरमा टहरा बनाएर व्यवसायीलाई व्यापार गर्र्न दिएकी थिइन्। ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गरिएको भन्दै यसको चौतर्फी विरोध हुँदै आएको थियो।

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

वसन्तपुरमा पार्किङ गर्न रोक

वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

चक्रपथ विस्तारका लागि चार सय रुख काटिए

उपत्यकाको चक्रपथ विस्तारको क्रममा चार सय रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सडक क्लियरिन्स गर्न रुख काटिएको हो। सडक विभागले दसंै अगाडिबाट कलंकीबाट रुख काट्न सुरु गरेको थियो।

टुँडिखेल जोगाउन तीन महिनासम्म चेतनामूलक कार्यक्रम

काठमाडौं - सम्पदा संरक्षण अभियन्ताले टुँडिखेल अतिक्रमण रोक्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।अभियन्ताले बिहीबार खुलमञ्चमा पत्रकार सम्मेलन आयोजना गरी ‘अकुपाइ टुँडिखेल’ अभियानअन्तर्गत तीन महिनासम्म चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

तीन महिना पनि टिकेन कालोपत्रे

बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो।

दुइमाजु मन्दिरको सम्झौता खारेज

गुठी संस्थान शाखा कार्यालय, काठमाडौलें खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा अमृता भट्टराई भन्ने व्यक्तिसँग भएको व्यापार सम्झौता खारेज गरेको छ। चौतर्फी विरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले उक्त जग्गाको भौतिक संरचना हटाई खाली गर्न शाखा कार्यालयलाई कात्तिक ६ गते पत्रमार्फत निर्देशन दिएको थियो।

विरोधपछि दुईमाजु मन्दिरको सम्झौता खारेज गरिँदै

खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको निर्माण सम्झौता खारेज गरिने भएको छ। मन्दिर परिसरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएको भन्दै विरोध भएपछि गुठी संस्थानले निर्माण सम्झौता खारेज गर्न लागेको हो।

सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन।

बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन

गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिए। काठमाडौं महानगरपालिका र नेपाली सेनाले विष्णुमति करिडोर, बागदरबार, त्रिपुरेश्वर, आर्मी ब्यारेक, स्वयम्भू आसपासका क्षेत्रमा वृक्षारोपण गरेको थियो।

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्