गुट सभापति
एकपटक नेपाली कांग्रेसको सभापति भइछाड्ने महŒवाकांक्षाको हुट्हुटी बोकेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने उद्यम गर्दै आएका देउवा आफ्नो क्षमताले भन्दा पनि अन्य कारणले सभापति र ५ पटक देशको प्रधानमन्त्री बन्न पुगेको देखिन्छ ।
एकपटक नेपाली कांग्रेसको सभापति भइछाड्ने महŒवाकांक्षाको हुट्हुटी बोकेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने उद्यम गर्दै आएका देउवा आफ्नो क्षमताले भन्दा पनि अन्य कारणले सभापति र ५ पटक देशको प्रधानमन्त्री बन्न पुगेको देखिन्छ ।
२०७२ वैशाखमा गएको भूकम्पलाई आधार बनाएर अमेरिकी सरकारले त्यस देशमा कुनै उपायबाट प्रवेश गरी अवैधरूपमा बसिरहेका करिव ९ हजार नेपालीलाईउपलब्ध गराएको निश्चित अवधिसम्म त्यहाँ रहन, बस्न र नेपाल फर्कनसमेत पाउने अस्थायी कानुनी सुविधा टेम्पररी प्रोटेक्टेड स्टेटस(टिपिएस) को म्याद दोस्रो पटक थप्न अस्वीकार गरेको छ।
गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्।
नेपालको संसदीय प्रणालीको इतिहासकै सबैभन्दा शक्तिशाली सरकार प्रमुखका हैसियतले शासन सञ्चालन गर्ने ऐतिहासिक अवसर पाएका छन् वामपन्थी गठबन्धनका नेता प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। प्रतिनिधिसभा संसद्मा अहिले मौजुद दलगत प्रतिनिधित्वको अंकगणित हेर्दा वास्तवमै प्रधानमन्त्री ओली निकै बलियो स्थितिमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि २५ गतेसम्म दक्षिणतिरको शक्तिशाली छिमेकी राष्ट्र भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी सन्तुष्ट मुद्रामा फर्किए।
अढाइ वर्षअघि, भदौ ७, २०७२ का दिन कैलाली टीकापुरमा भएको जघन्य हत्याकाण्डका मुख्य योजनाकार मानिएका अभियुक्त रेशम चौधरीलाई उनी थुनामा रहेको कारागारमै सांसद पदको शपथ खुवाउन आवश्यक तयारी गरिएको छ। नेपालको छोटो संसदीय इतिहासमा संसद् सदस्यलाई कारागारको बन्द कोठाभित्र गराइने अभूतपूर्व शपथ ग्रहण समारोहको मितितिथि र समय कहिलेलाई तोकिएको छ भन्ने कुरा चाहिँ अहिलेसम्म थाहा हुन सकेको छैन। हो, त्यो अस्वाभाविक अनुष्ठान सकेसम्म छिटो सम्पन्न गर्न रेशमलगायत सम्बन्धित सबैजना खुबै हतारिएका भने देखिन्छन्।
जहिले पनि ठीक मौका हेरेर सत्ताधारी जमातको दौराको फेर समात्नबाट तराई मधेसका नेताहरूले परहेज गरेको अहिलेसम्म देख्न नपाइएको सन्दर्भमा महन्थ ठाकुर जस्ता कट्टर एमाले विरोधी नेता ओलीको कित्तामा आएको घटनालाई अनौठो नठानिएको हो।
देउवासँग स्पर्धा गरिरहेका उनीभन्दा तुलनात्मकरूपले युवा र राजधानीको एलिट वर्गका प्रतिनिधि प्रकाशमान सिंहले यति थोरै मतमात्र पाउलान् भन्ने अनुमान भने कमैले गरेका थिए ।
दुई पार्टी मिलेर बन्ने नयाँ कम्युनिस्ट पार्टीका हातमा आउने अपरिमित शक्तिको दुरुपयोग हुने सम्भावनाप्रति सतर्क यो लेखक बरू केही चिन्तित भएको छ । पूर्ववर्ती सरकारले गरेका निर्णय जति सबै खारेज गर्ने ओली प्रशासनको निर्णयबाट झस्किएको पनि छ।
एक विशुद्ध कविलाई चुट्की मारेका भरमा एकतारे जर्नेल बनाउने यस्तो अद्भूत सोच सबैभन्दा पहिले आजको घडीमा सत्ताको अन्तपुरमा ढलिमली गरिरहेको कुनचाहिँ घामटको दिमागमा आएको होला ? जटिल अनुमानको विषय भएको छ।
यथार्थमा स्वराजको त्यो यात्रा नेपालमा स्थिरता र स्थायित्वका लागि हुन लागेको राजनीतिक व्यवस्थापन र विधिसम्मत सत्ता हस्तान्तरण प्रक्रियामा भाँजो हाल्न आवश्यक छिद्रहरू खोज्ने एउटा घटिया प्रयास थियो।
अहिले कांग्रेसको विपक्षमा, त्यसको घरभित्र र बाहिर, जुन किसिमको परिस्थिति बन्दै गएको छ त्यसलाई हेर्दा देउवा कांग्रेसबाट हुने अन्तिम प्रधानमन्त्री होलान् वा नहोलान्, त्यो बेग्लै विषय हो तर उनको पार्टी नेपाली कांग्रेस लामो समयसम्म सत्ताको मञ्चबाट बाहिर रहने अवस्थामा पुगेको भने पक्कै देखिन्छ।
हामी गहिरो संकटको सन्निकट छौँ । यसबाट बाहिर निस्कन हामीले जानेर वा नजानेर अंगीकार गरेको वर्तमान राजनीतिक प्रणालीको विकल्प ढिला नगरी खोज्नुपर्छ । झट्ट सुन्दा अप्ठ्यारो लाग्ला तर यो तीतो सत्य हो ।
प्रधानन्यायाधीशको बर्खास्तगीको माग राखेर अनशनमा बस्ने केसीको निर्णयको पनि सर्वत्र आलोचना भयो । केसीले यसपटक आवेशमा आएर नै किन नहोस् अति गरेका हुन् भन्ने कुरामा विमति राख्नेहरू भेटिएनन् ।
त्यस क्षेत्रको विकासमा रातोदिन खटेका, स्वच्छ छविका, मिलनसार र मृदुभाषी निवर्तमान सांसदको तुलनामा हिजोसम्मका प्रहरी कर्मचारीलाई प्रिय र योग्य ठान्ने जनता जनार्दनलाई सही भन्ने हिम्मत जुटाउन नसकेर हुरुक्क भएको छु ।