१६ वैशाख २०८१ आइतबार
image/svg+xml
रामचन्द्र भट्टराई


रामचन्द्र भट्टराईका लेखहरु :

राष्ट्रियतामा अपूर्व ऐक्यबद्धता

राष्ट्रियता, स्वतन्त्रता र भौगोलिक अखण्डताका विषयमा सिंगो नेपाल एकजुट भएको छ। सत्तापक्ष, विपक्ष, नागरिक समाज, मिडिया र पेसागत संघ÷संगठनहरू यतिबेला भारतको मिचाहा हर्कतविरुद्ध एकै सुर, ताल र लयमा आवाज बुलन्द गरिरहेका छन्। नेपाल स्वतन्त्र, स्वाधीन मुलुक हो र उत्तर वा दक्षिण कतैबाट पनि नेपाली भूमिमा हस्तक्षेप हुन्छ भने त्यसको रक्षार्थ सिंगो नेपाल एक ढिक्का छ भन्ने विषयमा राष्ट्रिय सहमति कायम भएको छ। देशका सबै दलले राष्ट्रियता र भौगोलिक अखण्डताका सवालमा दलगत स्वार्थभन्दा माथि उठेर एउटै आवाज बनाउनु खुसीको कुरा हो।

भारत ! नेपाली भूमि छोड

पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुल भनेका थिए। उनले भनेका कुरा अहिले नेपालीको गलामा अड्केको छ। नेपालको भूमि लिपुलेक दुई ढुंगाको तरुल बनेको छ। नेपाल सरकारलाई थाहै नदिई भारत र चीनले लिपुलेकमा व्यापारिक केन्द्र बनाएका छन्, तरुल लिपुलेकलाई दुई ढुंगाले थिचेका छन्। राजा महेन्द्रको निरंकुश शासनकालमा चीन र भारतबीच द्वन्द्व चलिरहँदा पञ्चायत टिकाउने नियतले भारतलाई खुसी पार्न सुरक्षाका दृष्टिले नेपालको भूमि कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ गरिएको थियो, जुन अहिले पनि त्यहाँ अड्डा जमाएर बसेको छ।

ओेलीको बोली, बन्दुकको गोली

एसियाको तेस्रो ठूलो पार्टी नेकपाका श्रद्धेय अध्यक्ष तथा दुईतिहाइ बहुमतका सम्माननीय प्रधानमन्त्री केपी ओलीको बोली बन्दूकको गोली जस्तै नफर्कने खालको हुनुपर्छ।

एमाले–माओवादी एकता

लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । त्यसको कार्यान्वयनका क्रममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनसमेत सम्पन्न भएको छ । वि.सं. १९९७ सालको सहिद काण्डदेखि निर्दलीय पञ्चायतकाल हुँदै निरङ्कुश राजतन्त्र अन्त्यसम्मका लागि भएका जनयुद्ध र जनआन्दोलनको समयमा भएको हजारौं वीर वीरङ्गनाको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको हो।

पहिले टाउकाको मोल, अहिले गठजोड

राजनीति फोहोरी खेल भन्ने गरिन्छ तर यही समाज, अर्थ र संस्कृतिको शिरविन्दु बन्छ । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने गरिन्छ । वस्तुतः त्यो भनाइ व्यवहारले पुष्टि गरेको छ । पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– मुख्य शत्रु विरुद्ध गौण शत्रुसँग कार्यगत एकता गर्नुपर्छ । वस्तुगत र आत्मगत अवस्थाको आकलन गरी भौतिक परिस्थितिको अध्ययन गरेर सामाजिक परिवर्तनका लागि आवश्यकताअनुसार कुनै बखतको शत्रु शक्ति कालान्तरमा मित्र शक्ति बन्ने गर्छ । देशको राष्ट्रिय राजनीतिमा यस्तो हुँदै आएको छ । तर देश र जनताको स्वार्थका लागि नभएर व्यक्तिगत पदीय स्वार्थका लागि गठजोड गरिन्छ भने त्यो अप्राकृतिक गठबन्धन राष्ट्रका लागि प्रत्युत्पादक बन्छ ।

२०७४ मा फुलोस्-फलोस् कल्पवृक्ष

जहाँतक चुनाव कात्तिकमा सार्ने चर्चा छ, त्यो सरासर निर्वाचन नगराउने दुराशयबाट आएको चर्चा हो। तोकिएको तिथिमा एकैचोटि चुनाव सम्पन्न गरी स्थानीय तहलाई सवल बनाउनुपर्छ।रामचन्द्र भट्टराई

निर्वाचनमा दृष्टि

जब मधेसी जनता नै चुनाव चाहन्छन् भने २–४ जनाको स्याल हुइँया काम लाग्ने छैन। सरकारले तिघ्रा कमाएन भने चुनाव हुन्छ र हुनैपर्छ।

संविधान कार्यान्वयन र निर्वाचन

समयसीमाभित्र चुनाव भएन भने लोकतन्त्रको हार हुनेछ। जनताको बलिदानबाट प्राप्त उपलब्धिको हार हुनेछ। त्यस कारण चुनाव कि संशोधन भन्ने प्रश्नमा चुनाव नै पहिलो हुनुपर्छ।

निर्वाचन स्थगनको प्रस्ताव

जहाँतक संविधानमा मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने कुरा छ, संसद्मा प्रस्ताव पेश गर्ने, त्यसको निर्णयलाई मानेर जाने कुरा नै सर्वोत्तम लोकतान्त्रिक विधि हो।

जनयुद्ध दिवस र धु्रवीकरण

कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो।

संशोधन प्रस्ताव र निर्वाचन

रहस्यपूर्ण र षड्यन्त्रपूर्ण ढंगले अरु कसैको इशारामा अखण्ड नेपाललाई खण्डित गर्ने उद्देश्यले दर्ता गरिएको संशोधन प्रस्ताव पारित गर्ने संवैधानिक अधिकार वर्तमान व्यवस्थापिका-संसद्को छैन।

भूगोलको रेखांकन उत्तर–दक्षिण

हिमाल नेपालको मुकुट हो । र, हो– पहाड नेपालको शिर । हिमाल, पहाड र तराई–मधेस सिंगो शरीर हो । नदी–नाला नसा हुन् र तिनमा बग्ने पानी नेपालीको रगत र पसिना हो।

नयाँ शक्तिको दृष्टिकोण

आज मार्क्सवाद यस सहस्राब्दीको सर्वश्रेष्ठ विचारका रूपमा पुँजीवादीहरुले समेत स्वीकार गरेका छन्। त्यो मार्क्सवाद परित्याग गरेर नयाँ शक्ति कसरी अगाडि बढ्न सक्छ?

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य छ।रामचन्द्र भट्टराई

अखण्ड नेपालको हिस्सा

संविधान कार्यान्वयनको मुख्य साँचो भनेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचन हो। त्यो खोल्नका लागि राष्ट्रिय सहमति आवश्यक छ। र, त्यसको अर्को साँचो संविधान संशोधन हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्