१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सन्तोषकुमार सिंह


सन्तोषकुमार सिंहका लेखहरु :

राजपाको बन्दले जनजीवन प्रभावित

थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ।

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्। सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

बालक अपहरणमा छिमेकीकै संलग्नता

सर्लाहीको बरहथवाबाट सात वर्षीय बालकलाई अपहरण गरी भारत पुर्‍याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालकका छिमेकी पनि छन्। अपहरणको नौ दिनपछि भारतको घोडासान रेल्वे स्टेसनबाट बालकको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

बालक अपहरण गर्ने छिमेकी पक्राउ

सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

मुसहर बस्तीमा कालाजारको प्रकोप

जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयका प्रमुखबीच समन्वय नहुँदा कालाजार उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले औषधि पाएका छैनन्। अस्पताल प्रमुख सञ्जीव सिंह र जनस्वास्थ्य प्रमुख हरिश्चन्द्र साहबीचको विवादका कारण बिरामीले औषधि नपाएका हुन्।

प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीलाई

सर्लाहीको वागमतीमा सम्पन्न ए डिभिजन प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सोबमार सम्पन्न फाइनल खेलमा नेपाल आर्मीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मनाङ–मर्स्याङ्दी ‘राजर्षि जनक कप’को उपाधि जित्न सफल भएको हो।

मनाङ मर्स्याङ्दी फाइनलमा

हिमालयन शेर्पालाई २–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब 'राजर्षि जनक कप' को फाइनलमा पुगेको छ। सर्लाहीको वागमतीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मर्स्याङ्दीका लागि पहिलो गोल ८०औं मिनेटमा  विमल रानाले गरे।

मनाङ ‘राजर्षी जनक कप’को फाइनलमा

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षी जनक कप’ फाइनल खेलका लागि मनाङ मर्स्याङदीले स्थान कब्जा गरेको छ। ‘राजर्षी जनक कप’ अन्तर्गत दोश्रो चरणको पहिलो सेमिफाइनलमा आइतबार हिमालयन शेर्पालाई ०–२ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइलमा स्थान सुरक्षित गरेको हो।

एपिएफ सेमिफाइनलमा

जावलाखेल युवा क्लब काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा जारी 'राजर्षि जनक कप' अन्तर्गत चौथोे दिन शनिबार एपिएफको तर्फबाट खेलको १४औं मिनेटमा जर्सी नं. ११ का नवीन लामाले पेनाल्टी एरियाबाट पहिलो गोल गरे।

राजर्षि जनक कपः जावलाखेललाई पराजित गर्दै एपिएफ विजयी

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’ फुटबलअन्तर्गत चौथोे दिन शनिबारको खेलमा जावलाखेल युवा क्लब काठमाडौंलाई ०–२ गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’

आर्मीको फराकिलो जित

नेपाल आर्मीले ४–० को नतिजामा सरस्वती युवा क्लब काठमाडौंलाई पराजित गरेको छ।  सर्लाहीको बागमतीमा जारी राजर्षि जनक फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलको ५०औ मिनेटमा विवेक बस्नेतको क्रसको सदुपयोग गर्दै आर्मीका टंक बस्नेतले गोलको खाता खोलेका थिए।

सीआइबीको सई भन्दै ठगी गर्ने पक्राउ

सीआइबीको सहायक निरीक्षक भन्दै ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको हरिवनमा मोटर साइकलको लाइसेन्स बनाइदिने भन्दै रुपैयाँ उठाएका बार पर्सौनी–२ का अजय कुमार गुप्ता भनिने विजेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको छ।

मुसहर बालवालिकाका लागि आर्थिक सहयोग

सर्लाहीको बबरगंज गढा टोलस्थित मुसहर बस्तीका बाललिकाको अध्ययनका लागि एक मनकारीले आर्थिक सहयोग गरेकी छन्।

दुई छोरालाई विष खुवाएर सर्लाहीमा पुनः अर्की आमाद्वारा आत्महत्या

सर्लाहीको पिपरीयामा तीन छोरीलाई विष खुवाएर एक आमले आत्म हत्या गरेको घटनाको तीन दिनपछि फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्