१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Tilak Prasad Sapkota
तिलकप्रसाद सापकोटा


तिलकप्रसाद सापकोटाका लेखहरु :

गौतमबुद्ध जन्मस्थलमा चक्र विज्ञान सप्ताह

भगवान्-गौतमबुद्धले जीवन मार्गका रूपमा अपनाएको ध्यान विधिलाई जनस्तर र विश्वमाझ पुर्‍याउने दीर्घकालीन ध्येय राखेर जीवन विज्ञानले लुम्बिनीमा आगामी चैत १७ देखि २३ सम्म विराट् चक्र विज्ञान सप्ताह आयोजना गर्न लागेको छ।

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

मुर्दा घरका भावी मुर्दाहरू

कविले आमा शब्दलाई पढ्न पाए, लेख्न पाए तर आमालाई देख्न पाएनन्। आमाले शिशुलाई जन्म दिइन् तर दुध चुसाउन पाइनन्। सन्तति हुर्केको, खेलेको, हाँसेको, खुसी भएको हेर्न पाइनन्। आमा सन्ततिलाई जन्म दिन्छन् र सन्तति आमालाई खुसी र आनन्द दिन्छन्। आमाछोराबिचको यस्तो वात्सल्य सबैभन्दा पवित्र हुन्छ।

आमा सम्झँदै शतवीज छर्दै...

यति निष्ठुरी खबर नआउनुपर्ने थियो, आयो। आएरै छाड्यो। नआओस् भन्ने लागिरहन्थ्यो। केही घन्टा होइन, केही दिन होइन, केही हप्ता पनि होइन, महिनौंदेखि नै यस्तो खबर नआओस् भन्ने पक्षमै थिएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्