इलाम क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ। ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा नेपाल ४ विकेटले विजयी भएको छ। २०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।