३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विपी राजमार्गमा धमाधम चार्जिङ स्टेसन

विद्युतीय सवारी बढेसँगै सिन्धुलीमा दर्जनौँ विद्युतीय सवारी चार्जिङ स्टेसन बनेका छन्। व्यवसायीहरूले विद्युतीय सवारीलाई लक्षित गरि विपी राजमार्गका ठाउँ-ठाँउमा धमाधम चार्जिङ स्टेसन निर्माण गरिरहेका छन्।

पछिल्लो समय विपी राजमार्गको सिन्धुली देखि नेपाथोकसम्म दर्जन बढी चार्जिङ सेन्टर खुलेका छन्। विपी राजमार्ग हुँदै काठमाडौँ आवतजावत गर्ने ६० भन्दा बढी यात्रुवाहक सवारी विद्युतीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख यज्ञ पालले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय विद्युतीय गाडी विपी राजमार्गमा बढ्दै गएको छ। यस्तै निजी विद्युतीय सवारी समेत उत्तिकै संख्यामा गुड्न थालेका छन्।

चार्जिङ स्टेसनसँगै व्यवसायीहरूले होटल रेष्टुरेन्ट समेत सञ्चालन गर्ने गरेका छन्। चार्ज गर्ने समय अवधिभर यात्रुहरूलाई खाजा तथा खानाका लागि सुविधा दिने गरि व्यवसाय सञ्चालन भएको व्यवसायीहरू बताउँछन्।

चार्जिङ स्टेसनले व्यवसायलाई प्रोत्साहन दिएको गोलञ्जोर गाउँपालिका-५ खनियाखर्कमा चार्जिङ स्टेसन सहित होटल व्यवसाय गर्दै आएका व्यवसायी विवश थापा बत्ताउँछन्।

‘पछिल्लो समय विपी राजमार्गमा इलेक्ट्रिक गाडी बढ्दै गएको छ, त्यसलाई लक्षित गरेर चार्जिङ स्टेसन खोलेको छु’, उनले भने, ‘एकतातिर व्यवसायलाई सहयोग पुगेको छ अर्कोतर्फ पर्याप्त मात्रामा इलेक्ट्रिक गाडीलाई चार्ज गर्ने सुविधा भएको छ।’ उनले विपी राजमार्गमा अझै थप हुनुपर्ने बताए।

इलेक्ट्रिक गाडी चार्ज गरेबापत प्रतियुनिट सात रुपैयाँ लिने गरेको व्यवसायीहरू बत्ताउँछन्। 

थोरै मूल्यमा चार्ज गरि काठमाडौँ-सिन्धुलीको भाँडा डिजेल गाडीकै सरह लिँदै आएका व्यवसायीहरू पछिल्लो समय विद्युतीय यात्रुवाहक सवारी खरिद तथा सञ्चालनमा हौसिएका छन्।

विद्युतीय सवारीको भाडा घटाउनुपर्ने यात्रुहरुको माग रहे पनि हालसम्म सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ। प्रमुख जिल्ला अधिकारी भरत खनालले भाँडा निर्धारण गर्न आवश्यक छलफल भइरहेको जानकारी दिए।

विशेष गरि सिन्धुलीको दुधौली मरिण र सिन्धुलीमाढी बजारबाट विद्युतीय गाडी काठमाडौँ आवतजावत गर्ने गरेका छन्। गाडी महँगो पर्ने भएकाले भाँडा नघटाउने व्यवसायीहरूको अडान छ।

प्रकाशित: ६ चैत्र २०८० २०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App