१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्मी सनराइज बैंकको ‘कार्बन उत्सर्जन प्रतिवेदन’

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को सवारी साधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ।

बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृढ बनाउँदै आर्थिक वर्ष २०७९/८० सम्मको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपसँग २०२१ देखि रहँदै आएको छ।

लक्ष्मी सन्राइजद्वारा प्रकाशित विवरण अनुसार बैंकको सवारी साधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्षसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५.११ टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको देखाएको छ।  

प्रकाशित: ४ वैशाख २०८१ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App