२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘ग्रिन हाइड्रोजन’ उत्पादन गर्न अलग्गै डेस्कः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन उत्पादनका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर काम गर्ने बताएका छन्। काठमाडौंमा आयोजित ग्रिन हाइडोजन डाइलग कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री बस्नेतले ग्रिन हाइड्रोजनको उत्पादनका लागि लगानी आकर्षण गर्न सरकार क्रियाशील रहेको बताए। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्रिन हाइड्रोजनमा निजी क्षेत्रलाई उत्साहित बनाउने सरकारको नीति रहेकाले सबैलाई सहभागी गराउँदै अघि बढ्ने बताए। उनले ग्रिन हाइड्रोजन उत्पादनका लागि निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरे।

अपी हाइड्रो पावर कम्पनीका संस्थापक अध्यक्ष गुरूप्रसाद न्यौपानेले ऐन कानूनको जटिलता फुकाउन सरकारको ध्यानाकर्षण गराउँदै निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन सुझाव दिए।

भारतीय कम्पनी ग्रीन जो इनर्जी इन्डिया लिमिटेडका कन्ट्री डाइरेक्टर बिजेन्द्र बस्नेतले भारत नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न इच्छुक रहेको भन्दै सरकारले दिने सहुलियत र कर छुटका प्रावधान प्रष्ट पार्नुपर्ने बताए।

भारतीय कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो। त्यस्तै काठमाडौं विश्वविद्यालयका एकेडेमिया इन्ड्रष्ट्री कोअपरेसनका संयोजक डा. राम लामाले विश्वविद्यालयले विभिन्न चरणमा अनुसन्धान अघि बढाउँदै सरकारलाई मार्गदर्शन गर्ने काम गरिरहेको बताए।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष नवराज खतिवडाले ग्रिन हाइडोजन उत्पादनले पर्यावरणलाई समेत टेवा पुर्‍याउने बताए। त्यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक किशोरकुमार राजभण्डारीले ग्रिन हाइड्रोजनको नकारात्मक पक्षमा पनि छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।

इन्टभायरोन्मेन्ट एन्ड कल्चर भोलेन्टियर नेपालले आयोजना गरेको कार्यक्रममा बुधबार चारसत्रमा ‘प्यानल डिस्कसन’ गरिएको थियो। कार्यक्रममा सहभागीहरूले ग्रिन हाइड्रोजनबाट नेपालले पाउने फाइदालाई मिहिनढंगबाट हेर्नुपर्ने बताएका थिए।

प्रकाशित: ७ वैशाख २०८१ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App