२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

आर्थिक मामिलामन्त्रीको पहिलो निर्णय इन्भेष्ट गण्डकी परियोजना

गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन्। मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिलामन्त्रीको जिम्मेवारी पाएपछि उनले आइतबार पदबहाली गरेका हुन्।

पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए। विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए। 

त्यसका लागि कर्मचारीको कार्यशैली बदल्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रो काम गर्ने शैली नै भएन,’ उनले भने, ‘यो शैलीले खर्च गर्न सकिँदैन । बजेट बनाउँदा भएको कमजोरी सच्याउन पनि महिनौं लाग्ने हाम्रो वर्तमान परिस्थिति छ। त्यसैले यो कार्यशैली सच्याएर खर्च गर्ने क्षमता बढाउन म कर्मचारी साथीहरूलाई निर्देशन दिन्छु।’

पद बहालीलगत्तै मन्त्री चुमानले इन्भेस्ट गण्डकी परियोजना र अवधारणा पत्र तयारी गर्न मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। 

परियोजनामा पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत् गरेर चार वटा प्राथमिकता दिएर योजना निर्माण गर्ने जनाइएको छ। इन्भेस्ट गण्डकी परियोजनालाई पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा र निजी लगानी गरेर दुवै मोडलमा लगानीकर्ता आकर्षित गरिने मन्त्री चुमानले बताए।

प्रकाशित: १० वैशाख २०८१ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App