गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।
सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन्। सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्।
वर्ष २०८० को पोखरा स्पोर्टस अवार्ड को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।
नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पियनसीपको उपाधि जितेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्।
एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप) पुरुषतर्फको उपाधि ईजिप्टका सिफेलडिन ईसमेलले जितेका छन। पोखरामा शनिबार भएको एसिया कप ट्रायथलमा उनले स्विमिङ ९ मिनेट १२ सेकेण्ड, साईक्लिङ २९ मिनेट १४ सेकेण्ड र दौड १६ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुने भएको छ।
बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।
पोखरा भिलेज रिसोर्ट अब चारतारे ‘लेभल’को बनेको छ। पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले सञ्चालन गर्दै आएको पोखरा भिलेज रिसोर्टलाई अपग्रेड गरेर चारतारे लेभलको बनाएका हुन्।
पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन्।
गण्डकी प्रदेशमा नयाँ आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। विवादकाबीच चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले करिब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन्।
विश्वासको मत लिने तयारी भएपनि बहुमत पुग्ने सम्भावना भने न्यून छ। किनकि मुख्यमन्त्रीका लागि दाबी पेस गर्दाको भन्दा गण्डकीमा फरक सिनारियो देखिएको छैन।
पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।