२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

उपप्रधानमन्त्री श्रेष्ठलाई शान्ति सन्देश हस्तान्तरण

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।

गत चैत ९ र १० लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपालमा कार्यरत सबै अवैतनिक वाणिज्यदूतले हस्ताक्षर गरेका छन्।

लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्य दूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसिसिएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

एचसिसिएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयको समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेको छ। मानवीय शान्ति, विकास तथा सामूहिकताको लागि शान्ति अपरिहार्य रहेको ठहर सम्मेलनको छ।

प्रकाशित: १० वैशाख २०८१ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App