२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

यमाहाको नेपाल यात्राका डेढ दशक

यमाहा मोटरसाइकल नेपालमा प्रवेश गरेको डेढ दशक पुगेको छ। समयसापेक्ष रूपमा प्रविधिमा परिवर्तन गर्दै यमाहाले प्रयोगकर्ताको मन जितेर नेपाली बजारमा वर्चस्व जमाउँदै आएको छ।

डेढ दशकअघि नेपालको सडकमा पहिलो पटक यमाहा नेपालले वाईजेडएफ आर १५ साथमा सो परिवर्तनको नेतृत्व गरेको थियो। मोटरसाइकलमा प्राविधिक छलाङ मारेको मात्र थिएन सवारी अनुभवमा नयाँ युगको घोषणासमेत गरेको कम्पनीको दाबी छ।

यामाहाको एफआई इन्जिन इनोभेसनले इन्जिनको कम प्रदर्शन, उच्च इन्धन खपत, स्टार्ट गर्न गाह्रो र अत्यधिक छिटो इन्जिन सुस्त हुने जस्ता महत्वपूर्ण कमजोरीहरूलाई सम्बोधन गर्न सुधार गरेर एफआई इनोभेसनमार्फत नेपाली बजारमा नयाँ मोटरसाइकल  थियो।

सन् २००८ मा यामाहा नेपालले फ्युल इन्जेक्सन एफआई प्रविधिको पहिलो मोटरसाइकल वाइजेडएफ आर १५ ग्राउन्ड ब्रेकिङ सुरुवात गरेको थियो। त्यसबेला एफआई प्रविधियुक्त प्रिमियम सुविधा थियो।

एफआई इन्जिन भएको यस वाईजेडएफ आर १५ ले उत्कृष्ट इन्जिन प्रदर्शन, उत्कृष्ट इन्धन दक्षता र सहजै स्टार्ट हुने गुणका साथ पूर्ण नयाँ सवारी अनुभव प्रदान गरेकाले लोकप्रिय भएको थियो। यमाहाको स्पोर्टी डिजाइन लोकप्रिय बनेको छ। जापानी एफआई इन्जिनले पनि आकर्षण बढाएको कम्पनीको दाबी छ।

यमाहा एफआई इन्जिनले बजारमा गति र मान्यता प्राप्त गरेपछि यमाहाको मूल कम्पनीले एफआई कम्पोनेन्टहरू सबैका लागि पहुँचयोग्य बनाउने रणनीति अनुरूप बजार बिस्तार गरेको थियो।

सन् २०१४ मा एक अग्रगामी उपलब्धिका रूपमा एफजेड ‘लर्ड अफ द स्ट्रिट’ एफआई इन्जिन भएको पहिलो न्याकेड मोटरसाइकल बजारमा ल्याएको थियो। त्यही मोटरसाइकलको पूर्ववर्ती कार्बोरेटर इन्जिन सगरमाथा आधार शिविरमा पुगेको कम्पनीको दाबी छ।

सन् २०१५ मा ३२१ सिसीको वाइजेडएफ आर ३ यमाहा बेतोड कुद्ने वाहन र त्यस समयको सबैभन्दा आकर्षक मोटरसाइकल बनेको थियो।

यमाहाले समय सापेक्ष रूपमा परिमार्जन गर्दै आएको छ। सन् २०१७ मा एफजेड २५ ले नेपालमा एफआई इन्जिन भएको पहिलो २५० को मोटरसाइकलले उच्च मानक स्थापित गरेको थियो।

त्यसैगरी, सन् २०१८ मा एफआई प्रविधिको विरासतलाई अझ बढी दक्षता र शक्तिको साथ निर्माण गर्दै परिष्कृत रूपमा ल्याएको थियो। एफआई इन्जिनका साथ यमाहाले नेपाली बजारमा मोटरसाइकल मात्र होइन स्कुटरमा पनि नयाँ कीर्तिमान कायम गरेको दाबी गरेको छ।

सन् २०१९ मा १५५ सिसीको स्कुटर ल्याएको थियो। सन् २०२० मा रे १२५ एफआई ल्याएको थियो। एफआई प्रविधिमा आधारित यो स्कुटरले उच्च माइलेज दिने कम्पनीको दाबी छ। टुरिङ सेगमेन्टलाई सम्बोधन गर्न सन् २०२२ मा नियो–रेट्रो सेन्सेसन एफजेड एक्स एफआई इन्जिनसहित डेब्यु गरेको थियो। सोही वर्ष यमाहाले प्रदर्शन क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझ बलियो बनाउँदै नेपालमा सबैभन्दा छिटो कुद्ने स्कुटर यमाहा एरोक्स १५५ सार्वजनिक गरेको थियो।

सन् २०२३ मा यमाहाले नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ एफआई हाइब्रिड ल्याएको थियो। एफआईसहित सन् २०२४ मा यमाहा पिएफजेड भी ३ स्ट्यान्डर्डको परिचयसँगै राम्रो मूल्यसहित एफजेड शृंखलामा एक नयाँ पर्फर्मर थपिएको कम्पनीले जनाएको छ। 

प्रकाशित: १० वैशाख २०८१ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App