२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘दिगो कृषिका लागि जलस्रोत व्यवस्थापन’ ग्लोबल टक सिरिजको दोस्रो सत्र वैशाखमा २८ हुँदै

ग्लोबल टक सिरिजको पहिलो सत्रको सफलतापछि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँ (जीएससीके) ले वैशाख २८ मा सिरिजको दोस्रो सत्र आयोजना गर्ने भएको छ।

ग्लोबल शेपर्स कम्युनिटीका अनुसार यस सत्रको विषय ‘पानी भण्डारीपनस् दिगो कृषिका लागि जलस्रोतको व्यवस्थापन’ हो। यो ग्लोबल टक सिरिजलाई ग्रिन रेजिलियन्ट एग्रीकल्चर प्रोडक्टिव इकोसिस्टम (जीआरएपीइ) परियोजनाले समर्थन गरेको छ।

यो परियोजनामा युरोपेली संघ, फिनल्यान्ड सरकार, जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त लगानी छ। नेपालमा यो परियोजना जीआईजेडले कार्यान्वयन गरेको छ।

यस सत्रमा पानी फाउन्डेसनको प्रमुख कार्यकारी अधिकृत सत्यजित भटकल अन्तर्राष्ट्रिय वक्ताको रूपमा उपस्थित हुनेछन्। भटकलले अहिले भारतको महाराष्ट्रलाई खडेरीमुक्त र समद्घ बनाउने काम गरिरहेका छन्।

सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने ‘सत्यमेव जयते’ जस्ता प्रख्यात टिभी कार्यक्रमहरू पछाडिको व्यक्ति उनी नै हुन। उनको ‘चलेचलो’ वृत्त चित्रले राष्ट्रिय पुरस्कार जितेको छ। यो वृत्त चित्र ‘लगान’ फिल्मको निर्माणमा आधारित छ।

कार्यक्रमको राष्ट्रिय वक्ताका रूपमा नेशनल इन्जिनियरिङ कलेज सिभिल इन्जिनियरिङ विभागकी सहप्राध्यापक तथा कार्यक्रम संयोजक विभूति ओझा आउने छिन्। उनी पानी आपूर्ति इन्जिनियरिङ र वातावरणीय प्रभाव मूल्याङ्कनमा केन्द्रित छिन। उनी रिपल इन्जिनियरिङका सह–संस्थापक पनि हुन जसले ढल नेटवर्क डिजाइन र फोहोर पानी प्रशोधन प्लान्टहरूको लागि परामर्श सेवाहरू प्रदान गर्दछ।

कार्यक्रममा प्रमुख अतिथि वक्ताको रूपमा अजय दीक्षित रहनेछन्। उनी पानी, जलवायु परिवर्तन र विपद्का विशेषज्ञ हुन्। उनी दक्षिण एसिया नाडी संवादका सल्लाहकार पनि हुन।

दक्षिण एसिया नाडी संवाद एक अनलाइन प्लेटफर्म हो जसले प्रकृति, मानिसहरू र पानीका प्राणीहरूका लागि र स्वस्थ नदीहरूका लागि संवादलाई महत्त्व दिन्छ।

कार्यक्रमका सहभागीहरूले यी विज्ञहरूबाट सक्नुकासाथै सरकारको नेतृत्वमा गरिएका पहलहरू र पानी व्यवस्थापनसम्बन्धी नीतिहरूबारे अन्तर्दृष्टि प्राप्त गर्नेछन्।् त्यहाँ सृजनात्मक समस्या समाधान मार्फत नेटवर्किङ अवसरहरू र अन्तरक्रियात्मक शिक्षा हुनेछ। यस कार्यक्रममा जलवायु स्मार्ट समाधानहरूको विविध दायरा पनि प्रदर्शन गरिने आयोजकले बताएका छन्।

यस कार्यक्रममा भाग लिएर, सहभागीहरूले पानी भण्डारणको वर्तमान परिदृश्य र नेपालभरका खेती अभ्यासहरूमा यसको प्रभावको बारेमा बुझेनछन्। ग्लोबल शेपर्स काठमाण्डुहबका फेसबुक र इन्स्टाग्राम मार्फत यो कार्यक्रममा सहभागी हुन सकिने आयोजकले बताएका छन्। 

प्रकाशित: १४ वैशाख २०८१ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App