२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सानिमा बैंकद्वारा बिमा दुर्घटना रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बिमा रकम हस्तान्तरण गरिएको हो।

बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हेटौडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रूपमा बिमा रकम हस्तान्तरण गरेका छन्।

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले बैंकको हेटौडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए।

प्रकाशित: १६ वैशाख २०८१ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App