३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

४ सयले बढ्यो सुनको मूल्य

आइतबार सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य अहिलेसम्मकै उच्च हो।

यस्तै चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८१ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App