८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

हिमालयन बैंक लिमिटेडको स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार थालेको छ।

सेक्युरिटिजले वैशाख १३ गतेदेखि व्यावसायिक कारोबार थालेको सञ्चालक प्रमुख कमल पोख्रेलले जानकारी दिए।

धितोपत्र दलालको रूपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज, सम्बद्घ सेवा प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता पुँजी ६० करोड रूपैयाँ रहेको दाबी गरिएको छ।

धितोपत्र बोर्डबाट २०८० भदौमा स्वीकृति प्राप्त गरेको हिमालयन सेक्युरिटिजले माघमा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ धितोपत्र कारोबारसहित पुँजी बजारसम्बन्धी अन्य सेवा प्रदान गर्ने बताइएको छ। 

प्रकाशित: १८ वैशाख २०८१ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App