४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।

मंगलवार केन्द्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र करिव ४ प्रतिशतले बिस्तार हुने अनुमान गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरिएको तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गरेको बताए। उनले चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सार्वजनिक गरिएको बताए। 

उनले चालु आर्थिक वर्षमा अधिकांश अर्थतन्त्रका सूचकहरु सकारात्मक भएपनि केही क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए। चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक वृद्धि अनुमान विगतको तुलनामा सकारात्मक रहेको पनि उनले बताए।

कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ। केन्द्रिय तथ्यांक कार्यालयले चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहने जनाएको छ।  

प्रकाशित: १८ वैशाख २०८१ १९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App