४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जान्छौंः पूर्वाधारमन्त्री महासेठ

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जाने बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको  पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो बताएका हुन् । हालसम्म २० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी भइसकेको बताउँदै उनले सरकारको दायित्वमा रहेको बाँकी भुक्तानी क्रमशः दिँदै जाने बताए ।

उनले हालसम्म भौतिकको दायित्व ३ खर्ब रुपैयाँ भए पनि अझै ५० अर्ब भुक्तानी गर्न बाँकी रहेको बताए ।  बाँकी भुक्तानी दिन अर्थ मन्त्रालयसँग निरन्तर पहलकदमी भइरहेको उनले बताए । 

निर्माण व्यवसायीको भुक्तानीका विषयमा मन्त्रालय सकारात्मक रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्मका बाँकी भुक्तानी भइसक्ने उनको भनाई छ । यसअघि २०७९ र २०८० साल भरी निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै विभिन्न आन्दोलन गरेका थिए । निर्माण सकिएका आयोजनाको भुक्तानी सरकारले गर्न नसक्दा समग्र निर्माण क्षेत्र अहिले सुस्ताएको छ ।

निर्माण क्षेत्र सुस्त हुँदा समग्र अर्थतन्त्रमै असर परेको निर्माण व्यवसायीहरू बताउँछन् ।  चालू वर्ष ३.५४ प्रतिशत आर्थिक वृद्धि हुँदा निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक भएको छ ।

प्रकाशित: २० वैशाख २०८१ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App