५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सात विधामा आइसिटी अवार्ड प्रदान

सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ। सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसिटी) अवार्ड प्रदान गरेको हो।

राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२४बाट सम्मानित भएका छन्। नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट एनसेलकी चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकार, नेसनल आइसिटी नवप्रवद्र्धन अवार्ड वान पोइन्ट कम्पनीलाई प्रदान गरिएको छ।  

कम्पनीले एपिआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरी बैंक तथा वित्तीय क्षेत्रलाई कारोबारमा सहज बनाएका छ। यसैगरी, नेसनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरक्षाकोषले, नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबलाई प्रदान गरिएको छ । डेटा हब डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको कम्पनी हो। निजीक्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ।

यसैगरी आइसिटी नेसनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट, सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजिज सर्भिसेस (क्लाउड फ्याक्ट्री) पनि सम्मानित भएको छ। सबभन्दा बढी कर तिर्ने आइसिटी कम्पनीको रूपमा नेपाल टेलिकम, मोनाल टेकलाई नेसनल आइसिटी स्टार्टअप अवार्ड प्रदान गरिएको छ।

प्रकाशित: २३ वैशाख २०८१ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App