६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकद्वारा पुस्तकालय भवन हस्तान्तरण

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न चार सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय, मधेस प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ स्थित बालासुन्दरी माध्यमिक विद्यालय, कोसी प्रदेशको झापास्थित बुद्धशान्ति गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका ३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका १ मा अवस्थित पवित्रा माध्यमिक विद्यालयका लागि पुस्तकालय निर्माण गरी हस्तान्तरण गरेको हो।

त्यसैगरी मधेश प्रदेशको पर्सास्थित वीरगञ्ज महानगरपालिका १४ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रूपन्देहीस्थित सियारी गाउँपालिका ४ मा रहेको पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवन निर्माण कार्य भइरहेको छ।

साथै बागमती प्रदेशको चितवनस्थित राप्ती नगरपालिका ७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रक्रिया अगाडि बढिसकेको छ। 

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले पुस्तकालय भवनहरू निर्माण गरेको हो।

प्रकाशित: २५ वैशाख २०८१ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App