७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना दुई शाखा स्थानान्तरण गरेको छ। काठमाडौं महानगरपालिका–१७ खुसिबुस्थित दुई शाखामध्ये एउटा शाखा काठमाडौंको नागार्जुन नगरपालिका–१६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ। स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App