एनसेल आजियाटा लिमिटेडले वीरगन्जमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यले वीरगन्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) बाट नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको हो।
एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार सो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए। यो सेन्टरबाट ग्राहकले सबै सेवा प्राप्त गर्न सक्नेछन्।
आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ र थीम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सक्नेछन्।
यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सियुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
‘हामीले गर्ने सबै कार्यहरूमा सधैं हामी हाम्रा ग्राहकलाई केन्द्रमा राख्छौं र ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत रही ग्राहक अनुभवलाई सम्मान गर्छाैं’, रोड्रिगेजले भने, ‘वीरगन्जस्थित एनसेल सेन्टरको उद्घाटन तथा सञ्चालनले हाम्रा ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।’
प्रकाशित: २८ वैशाख २०८१ ११:३५ शुक्रबार