२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई नतिजामा रोल्पाको अवस्था नाजुक

रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।

सकारात्मक र नकारात्मक टिप्पणीसहितका प्रतिक्रियाको माझमा केहीले पागलपन र संवेदनशीलताको पराकाष्टा देखाएका छन् भने महिला भएकै कारण जिएमलाई तथानामसम्म भन्नसमेत भ्याएका छन्। छिमेकी जिल्लामा सयाैं विद्यार्थीले ए प्लसमाथिको नतिजा ल्याउँदा रोल्पामा ३ जनाले मात्र ए प्लसमाथि नतिजा ल्याएको भन्दै उनले नतिजा चिन्ताजनक र लज्जास्पद भएको प्रतिक्रिया दिएकी थिइन्।

रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।

‘रोल्पा जिल्लाको नतिजा चिन्ताजनक र लज्जास्पद!’ उनले लेखेकी छिन्, ‘म दाबाका साथ भन्छु, १० वर्षे शसस्त्र द्वन्द्वताका माओवादीले कलमभन्दा हतियार बलियो हुन्छ, बुर्जुवा शिक्षा पढेर काम छैन भन्ने गलत प्रशिक्षण दिँदा र त्यो गलत प्रशिक्षणलाई अहिलेसम्म पत्याएर व्यवहारमा लागु गर्दाको परिणामसहितको नतिजा हो यो। नेताहरूलाई भगवान् मान्ने रोल्पालीहरू अब सच्चिने कि सकिने? गम्भीर हुनुपर्ने बेला भएन र?’

सांसद जिएमको स्टाटसमा रोल्पाली नेता कार्यकर्ताले भद्र/अभद्र दुवै प्रकारले टिप्पणी गरेका छन्। माओवादी समर्थकहरूले जनयुद्धको बलले सांसद बनेकी ईश्वरीले त्यति धेरै भन्नु गलत भएको प्रतिक्रिया दिएका छन् भने केही भने सामाजिक सञ्जालमा अराजक रूपमा प्रस्तुत भएका छन्।

विभिन्न प्रकारका टिप्पणी आएपछि सांसद जिएम भन्छिन्, ‘शिक्षा सुधार नहुनुमा द्वन्द्वको असरभन्दा टाउको दुख्ने माओवादीले आज पनि द्वन्द्वका नाममा आर्थिक चलखेल गर्न भने छाडेका छैनन्,’ उनी थप्छिन्, ‘आर्थिक फाइदा खोज्ने बेला द्वन्द्व भजाउन सक्नेले शिक्षा सुधार नहुनुमा द्वन्द्वको कारण स्वीकार गर्न नसक्ने? आज पनि जिल्लामा खोजेको समयमा शिक्षक पाइँदैन। रोल्पालीलाई उतिबेला पढ्न पर्दैन भनियो आज पढाउने मान्छे छैन। बाहिर जिल्लाका शिक्षकले जेनतेन धानेको छ।’

सांसद जिएमको स्टाटसमा रोल्पाली नेता कार्यकर्ताले भद्र/अभद्र दुवै प्रकारले टिप्पणी गरेका छन्। माओवादी समर्थकहरूले जनयुद्धको बलले सांसद बनेकी ईश्वरीले त्यति धेरै भन्नु गलत भएको प्रतिक्रिया दिएका छन् भने केही भने सामाजिक सञ्जालमा अराजक रूपमा प्रस्तुत भएका छन्।

काठमाडाैं बसेर पत्रकारिता गर्ने रोल्पाली युवा हिम बिष्टले पनि रोल्पाको नतिजाबारे फेसबुकमा लेखेका छन्। ‘२०६२/०६३ देखि रोल्पाले पाएको पद उपराष्ट्रपति, सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, मुख्यमन्त्री, शिक्षा तथा स्वास्थ्य समिति सभापति तर २०७९ को रोल्पाबाट एसइईमा ए प्लस ल्याउनेको संख्या... तथ्यांक गलत त होइन नि?’ त्यसो त जिल्लाका केही जनप्रतिनिधिले सामाजिक सञ्जालमा भद्दा टिप्पणी समेत गरेका छन्। 

प्रकाशित: २७ असार २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App