१७ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

साक्षर बन्यो नरहरीनाथ

साक्षर गाउँपालिका घोषणा भएसँगै नरहरिनाथ गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह समेत बनेको छ। गउँपालिका भित्रका निरक्षर नागरिकलाई सामान्य विषयमा जानकार गराउँदै गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो। प्लान नेपालको सहयोग, किर्डाक नेपालको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको आयोजनामा बिहीवार उक्त कार्यक्रम गरिएको छ।

‘सीप सिकौ, उद्यम गरौ, साक्षर बनौं’ अभियान सञ्चालन गरेको गाउँपालिकामा १५ देखि ५९ वर्ष उमेर समूहका १६ हजार ३ सय ५० मध्ये ८ हजार २ सय २ पुरुष र ८ हजार १ सय ४८ महिलालाई साक्षरताका १२ वटा सूचक पूरा गरेर एक औपचारिक कार्यक्रमका साथ बिहीबार साक्षर गाउँपालिका घोषणा गरिएको हो।

साविकको लालु, माल्कोट, कुमालगाउ, कोटवाडा र रुप्सा गरी ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिकाले यसअघि नै आधारभूत तहमा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना गरेर अनिर्वाय तथा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा गरिसकेको छ।

नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ५९ र्वा उमेर समुहका सबै नागरिकहरुलाई न्यूनतम साक्षरको अवसर प्रदान गरी पालिकालाई ९५ प्रतिशत साक्षरको लागि सुचक पुरा गरेपछि पालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले बताए।

निरक्षर व्यक्तिहरुको पहिचान गरी उनिहरुमा न्यूनतम साक्षरता सक्षमताहरुको विकास, परिस्थिति सुहाउँदो साक्षरता अवसर विधि तय गरी, साक्षरता कक्षा समेत सञ्चालन गरेर गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए।

‘गाउँपालिका भित्रका १५ देखि ५९ वर्षसम्मको जम्मा जनसंख्या १६३५० मध्ये पुरुष ८२०२ महिला ८१४८ मा साक्षरताका १२ मध्ये सबै सुचकहरु पुरा गरेको छ,’ उनले भने, ‘हालसम्मको अध्यन अनुसार साक्षर गाउँपालिका घोषणा गर्न न्यूनतम मापदण्ड पुगेको देखिएकाले साक्षर गाउँपालिका घोषणा गरिएको छ।’

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा , गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, वडाध्यक्षहरु, विद्याालयका शिक्षकहरु, संघ संस्थाका प्रमुखहरु, राजनैतिक दलका प्रमुखहरुको सहभागितामा साक्षर गाउँपालिका घोषणा गरिएको छ।

प्रकाशित: २ चैत्र २०८० ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App