४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उदीयमान नेपाल बनाउनु आजको आवश्यकताः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी आवश्यक रहेको बताएका छन्।

सोमबार लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको विकास र समृद्धिका लागि लगानी गर्न उनले आग्रह गरे।

‘लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ पनि हो। देशको विकासमा सबै राजनीतिक दलहरु एक भएर जिम्मेवारीलाई पूरा गर्नुपर्छ।’ उनले भने।

पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले नयाँ लगानीबाट उदीयमान नेपाल बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे। 

नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार रहेको उनको भनाइ थियो। 

अध्यक्ष ओलीले वर्तमान सरकार परिणाममुलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको उल्लेख गर्दै यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको सुनाए।

निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न उनले आग्रह गरे।

प्रकाशित: १७ वैशाख २०८१ २०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App