१७ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

फाइल तस्वीर

जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका-३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ। निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो।

बौद्ध शिक्षा पढ्न मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौँ र भारत जाने गर्दछन्। रिम्पोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा ओर्गेन डोढुल लिङ गुम्बा निर्माण भएको हो। सोही गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए।

नयाँ गुम्बाको निर्माण पूरा भएपछि छोङ्ढुप पूजासहित विधिवत रूपमा गुम्बा उद्घाटन भइसकेको छ। गुम्बा निर्माण भएपछि बौद्ध शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ।

“हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकामा हामी खुसी छौं। अब काठमाडौं, भारत जानुपर्ने बाध्यता रहेन”, वडा नं ४ कार्तिक गाउँका दाक्पा तामाङले भने, “हाम्रा लागि धेरै सहज भयो देवता, लामाको पूजाआजा र प्रार्थना गर्न सहज भएको छ।”  

प्रकाशित: २ चैत्र २०८० १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App