२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुर्गममा रमाएका डाक्टरले रोल्पा छोडेपछि...

बजारमा डाक्टर छन्, दुर्गमका अस्पताल रित्तै

अस्पतालबाट बिदा भएका डा. प्रकाश, डा. पुजा र डा. आधार ।

शिक्षकद्धय टेकबहादुर वली र खिमा वलीको कोखबाट २०५३ साल पुष २८ गते पश्चिम रुकुम मुसिकोट १३ चौतारामा जन्मिएका आधार वलीले यतिबेला ३ बर्ष रोल्पा अस्पतालमा सेवा गरेर बिदाई भएका छन्। स्थानिय महेन्द्र माबिबाट एसएलसी सकाएका प्लस टु ललितपरमा पढेका उनले २२ बर्षको उमेरमा पाटनबाट एमबिबिएस सकाएका थिए।  

प्लस टु र एमबिबिएस छात्रबृतीमा पढ्ने अबसर पाएका वली २०७७ असार ११ गते होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा अनिबार्य सेवाका लागि रोल्पा छिरेका थिए। ६ महिना होलेरी सेवा पस्चात जिल्ला अस्पतालमा आएका उनले रोल्पा बसाई छोटया्एका हुन्।

छात्रबृती पछिको २ बर्ष अनिबार्य दुर्गम सेवा सकाएका उनले अरु थप एक बर्ष रोल्पा नै रोजे। बाहिर निजि क्लिनीकमा बिरामी जाच गर्न जाने रोग नसरेको रोल्पामा वली पनि २४ घण्टा सरकारी अस्पतालकै बिरामी हेर्दै बस्ने गरेका थिए। अधिकांश समय अस्पताल परिसरमै भेटिने उनी संग धेरै रोल्पालीको सामिप्यता पनि छ ।  

सरकारी तवरवाट स्वास्थ्य सुधारमा खासै चासो नदिने गरेको अनुभब संगालेका वलीले जिल्लामा अर्थो, पाठेघर संक्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजो रोग बढि रहेको बताउछन्। अस्पतालमा प्रयाप्त जनशक्ति नहुदा सेवा प्रबाहमा समस्या रहेको उनको अनुभब छ।  

स्थानिय नेतृत्व संग गुनासो गर्दै वलीले भने ‘अस्पतालमा के समस्या छ भनेर कोहि बुझ्न समेत आउदैनन् तर रातीमा पोष्टमार्टम गरिदिनु, निशुल्क स्वास्थ्य बिमा गरेका बिरामीको रिफर गरिदिनु भन्न आउछन्।’ उनी भन्छन् ‘रोल्पाली जनताहरु एकदमै सोझा र ईमानदार भएको पाए। उहाँहरुलाई जिल्लामा धेरै सेवा दिन पाए मन खुसि हुन्छ।’

जिल्लाका १० बटै स्थानिय तहका बिभिन्न गाउँमा पुगेर स्वास्थ्य शिबिरमा सेवा दिएका उनी जिल्ला भरकै स्वास्थ्यका कर्मचारीले आफुलाई मायाँ गरेको देख्दा खुसि लाग्छ। पुरुष महिलाको बन्ध्याकरण गर्ने सिप सिकेका उनी छिमेकि जिल्लामा तालिम संचालनको लागि जाने अबसर पाएको निकै खुसि छन्।  

उनी जस्तै डा. प्रकाश बुढा पनि असार सकिए संगै रोल्पा अस्पतालबाट बिदा भएका छन्। ५ बर्ष बढि अस्पतालमा बिताएका प्रकाश संग पनि रोल्पालीको सामिप्यता निकै गहिरो छ। अस्पतालमा जटिल अबस्थाका सुत्केरीको शल्यक्रिया गर्ने उनी हिडे संगै सेवाले निरन्तरता तोडेको छ। जहिले अस्पताल परिसरमै बिरामी संगै भेटिने प्रकाश रोल्पालीका प्रिय थिए।  

नया आर्थिक बर्ष सकिदै गर्दा ३ बर्ष रोल्पा अस्तालमा डेन्टल सर्जनका रुपमा कार्यरत डा. पुजा कुवर पनि बिदा भएकि छिन्। त्यसै गरि दुर्गममा अनिवार्य सेवाका लागि आएका डा. तिलक डागी र डा. रेस्मा घर्तीले पनि रोल्पा अस्पताल छोडेका छन्। त्यसो त करिब एक महिना पहिले अस्पतालमा कार्यरत अर्थोसर्जन डा. सोम आले पनि रोल्पा अस्पतालबाट बिदा भएका थिए।  

यतिबेला रोल्पा अस्पतालमा एकजना मात्र आठौ तहका स्थायी डा. लोकरत्ना ज्ञवाली निमित्त प्रमुखका रुपमा कार्यरत छिन भने निकसाइमनबाट जटिल अबस्थाको प्रशुतीका लागि डा. रणबहादुर बोगटी र अनिबार्य दुर्गममा सेवाका लागी आएका डा. निरज घर्ती कार्यरत छन्। डा. बोगटी किरिया बिदामा हुनु र अप्रेशन गर्ने समयमा सहयोगी एनेस्थेटिक चिकित्सक नहुदा जटिल अबस्थाका प्रशुती शल्यक्रिया सेवा बन्द छ।

जिल्लामा गतिलो सेवा दिएको भन्दै रोल्पाली युवाहरुको सत्प्रयास समुहले डाक्टरहरुको सम्मान सहित औपचारीक बिदाई समेत गरेको थियो। ‘चिकित्सक कम हुदा एकदमै समस्या छ। बिरामी संख्या धेरै तर डाक्टर संख्या कम छ ।’ अस्पताल प्रमुख डा. लोकरत्ना ज्ञवाली भन्छिन् ‘बिभिन्न निकायमा भनेका छौ। हामिलाई फुर्सद हुदैन। बजारमा डाक्टर छन् तर दुर्गममा आउन चाहादैनन्।’  

एकै पटक आधा दर्जन डाक्टर रोल्पा अस्पतालबाट निस्केपछि सेवा प्रभाहमा समस्या आएको छ। संघ र प्रदेश सरकार दुर्गमका जनता प्रति उत्तरदायी हुन नसक्दा रोल्पालीले पाउनु पर्ने सेवा पाउनबाट बन्चित भएका हुन्।

प्रकाशित: ६ श्रावण २०८० ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App