१७ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

गुठीचौरमा विपश्यना केन्द्र

जुम्लाको गुठीचौर गाउँपालिकामा विपश्यना केन्द्र स्थापना गरिएको छ। गुठीचौर गाउँपालिका– ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको हो। स्थानीय प्रेमरज गिरी, डा. निलम खड्कासहितको समुहले विपश्यना केन्द्र स्थापना गरेको छ ।  

विपश्यना केन्द्रमा जुम्लाको सदरमुकाम खलंगाबाट आधा घन्टामा पुगिन्छ। त्यस क्षेत्रमा तिला नदी, जंगल र वरिपरि स्याउका बिरुवा छन् । सञ्चालक गिरीका अनुसार मानव जीवनलाई शान्त र तनावरहित बनाउन यो केन्द्रले मद्दत पुर्‍याउने छ।

विपश्यना केन्द्र मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ। इच्छुक महानुभावले केन्द्रमा १० दिने कोर्स लिन सक्ने गिरी बताउँछन्। केन्द्रमा महिला र पुरुषका लागि फरकफरक अस्थायी आवास टेन्टको व्यवस्था गरिएको छ। विपश्यना केन्द्रमा आनापाना गर्न पुगेकी जिल्ला सरकारी वकिल कार्यालय जुम्लाकी सहायक न्यायाधिवक्ता रेनुका राईले मानव जीवनका लागि आनापाना अपरिहार्य रहेको बताइन्।

हिंसात्मक गतिविधि, तनाव, सामाजिक विकृति बढिरहेको समयमा सञ्चालित विपस्यना केन्द्रले मानिसलाई शान्त र स्वस्थ राख्न मद्दत पुर्‍याउने राईको भनाइ छ।

प्रकाशित: ५ चैत्र २०८० १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App