१७ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहद्वारा पदभार ग्रहण

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्।

गत बिहीवार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका डा.साहले सोमवार प्रतिष्ठानमा आयोजित समारोहकाबीच पदभार ग्रहण गरेका हुन्।

उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उपकुलपतिमा नियुक्त गरेका थिए।

पदभार ग्रहण अघि मुख्यमन्त्ती यादवले उपकुलपति डा.साहलाई मुख्यमन्त्री कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

प्रतिष्ठानका रेक्टर समेत रहेका डा. साह प्रतिष्ठानका निमित उपकुलपतिको रुपमा पछिल्लो समय कार्यरत थिए।

गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपतिबिहीन थियो।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो। तर, पार्टीगत भागबण्डा मिलाउन ढिलाई भइरहेको थियो।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो। जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको थियो।

प्रकाशित: ५ चैत्र २०८० १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App