२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वैशाख १६ गते स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन्।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख) मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए।

मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा.चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह-सचिव जानेछन्।

सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुने बताइएको छ।  ३ मे सम्म कार्यक्रम हुनेछ। त्यसपछि मात्रै स्वदेश फर्किने कार्य तालिका छ। 

प्रकाशित: ११ वैशाख २०८१ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App