१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति निर्वाचनमा आफू पराजित भए रक्तपात हुने ट्रम्पको चेतावनी

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफू नजिते देशमा लोकतन्त्र सकिने बताए।

आयातित कारमाथि कर लगाउने र अमेरिकी सवारीसाधनका उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा भाषण दिँदादिँदै उनले भने, ‘यदि म राष्ट्रपति निर्वाचनमा जितिन भने देशमा रक्तपात हुन सक्छ। र, त्यसपछि देशमा कहिल्यै पनि चुनाव हुन्छ भन्ने मलाई लाग्दैन।’

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको दौडमा सबैभन्दा अघि रहेका टम्प पछिल्लो समय निकै आक्रामक रुपले प्रस्तुत हुन थालेका छन्।

उनले विभिन्न चुनावी भाषणको क्रममा बाइडनलाई चुनौती समेत दिने गरेका छन्।

प्रकाशित: ५ चैत्र २०८० १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App