१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरान-इजराइल तनाव उत्कर्षमा, परमाणु आक्रमणको खतरा बढ्यो

इजराइल र ईरानबीचको तनाव उत्कर्षमा पुगेको छ। ईरानले शनिवार मध्यराति इजराइलमाथि आक्रमण गरेपछि इजराइलले जवाफी कारबाही गर्ने तयारी गरिरहेको छ।

इजराइलको वार क्याबिनेटको बैठकले ईरानमाथि जवाफी कारबाहीबाट पछि नहट्ने निस्कर्ष निकालिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमवार बसेको इजराइलको वार क्याबिनेटको बैठकमा ईरानमाथि आक्रमण गर्ने विषयमा छलफल भएको छ। जसमा ईरानको परमाणु केन्द्रहरूमा आक्रमण गर्ने इजराइलले तयारी गरेको हो।

इजारइलको नताञ्ज, इस्फहान, फोरहदो र बुस्हर जस्ता परमाणु केन्द्रमा इजराइलले आक्रमण गर्न सक्ने अनुमान गरिएको छ।

यता, इजराइलले जवाफी कारबाही गर्ने चेतावनी दिएपछि ईरानले पनि त्यसको जवाफ दिने बताएको छ। ईरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले इजराइलले ईरानको कुटनीतिक क्षेत्रलाई लक्षित गरेर अपराध गरेको र अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरेको आरोप लगाए।

उनले ईरानी कुटनीतिक नियोगमाथि इजराइली आक्रमणको जवाफस्वरुप आक्रमण गरिएको र फेरि इजराइलले कुनै जवाफी कारबाही गरे हामी त्यसका लागि तयार रहेको चेतावनी दिए।

मध्यपूर्वमा बढ्दो तनावकाबीच अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी हाई अलर्ट अवस्थामा बसेको छ। एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले ईरानको परमाणु केन्द्रमा सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गर्दै त्यसले ठूलो संकट निम्तिन सक्ने बताएका छन्।

उनले दुबै मुलुकलाई संयमता अपनाउन आग्रह गर्दै विषय नबढाउन भनेका छन्।

प्रकाशित: ४ वैशाख २०८१ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App