१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानको आणविक केन्द्र बन्द

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ।

ईरानले आइतवार इजराइलमाथि ठूलो सङ्ख्यामा ड्रोन र मिसाइल आक्रमण गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायी रूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले बताएका छन्।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख ग्रोसीले आक्रमाणको प्रतिशोधमा ईरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति चिन्तित रहेको बताए।

सिरियास्थित दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतवार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो। दमास्कसमा भएको इजराइली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए।

इजराइल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजराइली प्रतिशोधका बारेको चिन्ताहरूले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ।

इजराइलले ईरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ। तर, ईरानले भने उक्त आरोपलाई अस्वीकार गरेको छ। रासस

प्रकाशित: ४ वैशाख २०८१ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App