१७ वैशाख २०८१ सोमबार
image/svg+xml
नागरिक खोज

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (हेर्नुस् सूची)

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले   २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।  

सीआईबीको प्रतिवेदनमा काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, भूमीसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।  त्यसै गरी तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छदार, राज्यमन्त्री सञ्जय शाह ‘टकला’, पूर्वभूमि सुधारमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई प्रतिवादी कायम गर्न राय दिइएको छ।

प्रतिवेदन अनुसार ६ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने एक जना नख्खु जेलमा छन्। त्यस्तै १८ जना पक्राउ परेका छन् र बाँकी फरार रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।

सीआईबीको प्रतिवादी बनाउन सिफारिस गरेका आरोपितहरुकाे सूची हेर्न यहाँ क्लिक गर्नुस् ।

प्रकाशित: ७ भाद्र २०८० १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App