१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

इटहरीमा गुन्जियो 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...'

इटहरी- गायक विपुल क्षत्रीले पहिलो पटक इटहरीमा सांगीतिक प्रस्तुति दिएका छन्। उनी यहाँ आउने भएपछि आयोजकले पूर्वका शहरी तथा ग्रामीण क्षेत्रमा ब्यापक प्रचारप्रसार गरेका थिए।  उनका गीत सुन्न र उनलाई प्रत्यक्ष हेर्नका लागि लालायित हुने युवा पुस्ताको ठूलो जमात रहेको सांगितीक प्रस्तुतीका क्रममा विपुल साँझ ५.३० बजे स्टेजमा उक्लिए। अनि सुरु उनले आफ्ना गीत मार्फत दर्शक तताउन थाले। र उनले गाए 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...।'

तन्नेरी गायक विपुलले एकपछि अर्को आफ्ना प्रायः सवै गीत गाए । उनले एक घण्टा पुरै गीत गाएर बिताए।

स्टेजमा फरक हिसाबले प्रस्तुत हुने उनका गीत सुनेर दर्शकले आनन्द माने । केही फरक स्वाद र शैलीका विपुलका सबै गीतले दर्शकको जीवनशैलीलाई प्रतिनिधीत्व गर्ने गरेकोमा प्रत्यक्ष गीत सुन्दा किशोर किशोरी र युवाहरुले पनि सँगैसगै गीत गाएर साथ दिए । नेपाली भाषी विपुलले इटहरीसँगै आसपासका क्षेत्रका उल्लेखीय दर्शकको साथ पाए । दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा दर्शकको संख्या देख्दा उनी दंगिएका थिए । कार्यक्रम नेपाल म्यूजिक फेष्टिवलको आयोजनामा भएको हो। 

 

प्रकाशित: १९ मंसिर २०७३ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App