१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सरिता लामिछाने कांग्रेस प्रवेश गर्दै

काठमाडौं— रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको चर्चा सेलाउन नपाउँदै चर्चित कलाकारहरुले नेपाली कांग्रेस प्रवेशको तयारी गरेका छन्।

सरिता लामिछाने एक बेलाकी चर्चित हिरोइन हुन्। पछिल्लो समय फिल्मको पर्दाबाट हराउँदै गएकी उनी राजनीतिक मञ्चमा देखिन लागेकी हुन्।

रामकेशर बोगटी, नायिका सरिता लामिछाने र रिस्ता बस्नेत तथा कलाकार प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको कांग्रेस प्रवेश कार्यक्रम निश्चित भएको छ।

यी नाम बाहेक १० जनाभन्दा ख्यातिप्राप्त कलाकार पार्टी प्रवेश गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जनाएका छन्।

उनीहरुलाई सभापति शेरबहादुर देउवाले भोलि मंगलबार बिहान ९ बजे पार्टी प्रवेश गराउने कार्यक्रम छ। सभापति देउवाले आफ्नै निवासमा कलाकारको पार्टी प्रवेश कार्यक्रम राखेका छन्।

सरिता लामिछाने एक बेलाकी चर्चित हिरोइन हुन्। पछिल्लो समय फिल्मको पर्दाबाट हराउँदै गएकी उनी राजनीतिक मञ्चमा देखिन लागेकी हुन्।

प्रकाशित: ५ पुस २०७३ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App