१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव ६ वर्षकालागि पार्टीबाट निष्काशित

लखनउ– समाजवादी पार्टी अध्यक्ष मुलायम सिंह यादवले उत्तर प्रदेशका मुख्यमन्त्री एवं आफ्ना छोरा अखिलेश यादवलाई पार्टीबाट ६ वर्षकालागि निष्काशन गरेका छन्। अखिलेशमाथि पार्टीमा गुटबन्दी गरेको आरोप लगाइएको छ। बहालवाला मुख्यमन्त्रीलाई पार्टीबाट निष्काशन गरेपछि युपीमा संवैधानिक संकट उत्पन्न भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। कारवाहीमा परेसँग अखिलेख यादवको सरकार अल्पमतमा परेको छ।

विगत दुई महिनादेखिको विवाद अखिलेशलाई कारवाहीगरेसँग समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। भारतीय संचारमाध्यमका अनुसार युपीमा नयाँ सरकार गठनकालागि मुलायमसिंह यादवले दाबी पेश गर्ने संभावना रहेको छ। अखिलेशलाई पार्टीबाट निष्काशन गरेपछि उनको घरका कार्यकर्ताको भीड लागेको छ। अखिलेशको पक्षमा नाराबाजीसमेत भएको छ।

अखिलेश यादव सन् २०१२ मा युपीको मुख्यमन्त्री बनेका थिए। उनी सबैभन्दा कम उमेरमा मुख्य मन्त्री बन्ने नेताभित्र पर्छन। २०१२ को उत्तर प्रदेशको विधानसभा निर्वाचनमा अखिलेशले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतमा अखिलेश युवा  राजनेताको रुपमा चर्चित भएका थिए।
उनलाई पार्टी अनुशान विपरित काम गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको हो। आगामी उत्तर प्रदेश निर्वाचनकालागि भन्दै मुख्यमन्त्री अखिलेश यादवले आफ्नो उममेदवारी घोषणा गरेका थिए, जसलाई लिएर मुलायमसिंह यादव असन्तुष्ट थिए।  अखिलेश यादवलाईपार्टीबाट निष्काशन गरेको  विरोधमा अखिलेशका समर्थक सडकमा उत्रिएका छन्।

अखिलेशको जन्म १९७३ मा उत्तर प्रदेशको इटावा जिल्लाको स्याफइ गाउँमा भएको थियो।  अखिलेशका पिता मुलायम सिंह यादव लामोसमय सम्म उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए। मुलायमसिंहले नै समाजवादी पार्टीको स्थापना गरेका थिए।  अखिलेशकी आमा मालती देवी मुलायमसिंहकी दोस्रो श्रीमती हुन्।

प्रकाशित: १६ पुस २०७३ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App