१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लक्ष्मी परियारका छोरालाई सहयोग

बनेपा– सानो वाङथलीकी लक्ष्मी परियारको हत्यापछि उनका तीन छोराको अध्ययनका लागि विदेशमा रहेका नेपालीले आर्थिक सहयोग पठाएका छन् ।

बार्सिलोना, स्पेनस्थित माउन्ट एभरेस्ट युथ समूहका युवाले क्रिसमस र नयाँ वर्षका अवसरमा संकलित एक लाख २५ हजार रुपैयाँ पठाएका हुन् । समूहका सल्लाहकार दिनेश रेग्मी र काभ्रेका सहायक प्रजिअ भीमकान्त शर्माले बालकका काका ज्ञानबहादुर परियारलाई आइतबार उक्त रकम हस्तान्तरण गरे ।

‘आमाको हत्यापछि बाबुसमेत पुर्पक्षमा जेलमा रहेको समाचार पढेर ती बालकलाई सहयोग गर्नैपर्छ भन्ने निधोमा पुगेर रकम संलकन गरेका हौँ । आगामी दिनमा समेत सहयोग गर्दै जानेछौँ,’ रकम हस्तान्तरणपछि रेग्मीले भने ।

लक्ष्मीको हत्यामा संलग्न भनिएका मध्ये तीन जनालाई प्रहरी अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा काभ्रेपलाञ्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखी थप अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश लेखनाथ ढकालको इजलासले लक्ष्मीका पति मिलन परियार, हिरा लामा र काइली लामालाई पुर्पक्षको आदेश दिएको हो । त्यस्तै, घटनामा संलग्न निरमाया तामाङलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित: ३ माघ २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App