१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जन्मदिन मनाउने रकम मृगौलापीडितलाई

रकम हस्तान्तरण गर्दै पुर्णिमा गुरुङ । तस्बिर: नागरिक

पर्वत–केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ। तर, यहाँकी एक स्कुले छात्राले ‘बर्थ–डे’ मनाउने खर्च मृगौलापीडितलाई सहयोग गरेकी छन्।

कुश्मा–११ दुर्लुङचोक बस्ने पुर्णिमा गुरुङले एउटै घरमा चारजना मृगौलापीडित रहेको परिवारलाई सहयोग गरेकी हुन्। कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारमा उनले तीन हजार रुपैयाँ प्रदान गरेकी हुन्। मंगलबार जन्मदिनको अवसरमा उनले उक्त रकम हस्तान्तरण गरेकी हुन्।

पुर्णिमा सदरमुकाम कुश्मास्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ९ की छात्रा हुन्।

प्रकाशित: ४ माघ २०७३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App