१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

हुवाई मेट ८ : ४००० एमएच ब्याट्री भएको हल्का स्मार्टफोन

चिनियाँ स्मार्टफोन निर्माता हुवाइ विश्व बजारमा आक्रमक ढंगले अगाडि आइरहेको छ। एशिया, युरोपपछि अमेरिका पुगेको हुवाइ अहिले एप्पल र सामसङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। नेपालमा हुवाइले मेट ८ मोडल बजारमा उतारेको छ। चिनियाँ स्मार्टफोन बादशाहको यो उत्पादन कति गजब छ भन्ने कुराको अनुभव नेपालीले गर्न थालिसकेका छन्। सन् २०१५ को नोवेम्वरमा हुवाईले मेट ८ को घोषणा गरेको हो दुई महिनाअघि मेट ८ को चाइनामा औपचारिक रुपमा सार्वजनिक गरियो।

परिमार्जित मेट ८ ले एन्ड्रोइडले साच्चै तपाइँलाई किन? भन्ने कुरा बताउनेछ। सुरुमा यसमा रहेको इमोशनल युआई इएमयुआई ४.० ले दुविधामा पार्न सक्छ तर ढुक्क हुनु भएहुन्छ तपाइँको मनको सामाग्री प्रयोग गर्न यसले व्यवधान गर्ने छैन।

इएमयुआईले पहिले आफ्नो होम स्क्रिनमा आफ्नै म्युजिक एप राखेको थियो। कम्पनीले हाल राउन्ड सेपमा रहेको आइकनहरुलाई स्क्वायर सेपमा लाने निर्णय गरेपछि तेस्रो पार्टीका धेरै एपहरु अझै देखाइरहेका छन्। यसले होमस्क्रि केही फोहोर पारेजस्तो देखिन्छ। हुवाइले एन्ड्रोइड एप ड्रयर पनि हटाउने भएको छ। त्यस कारण तपाइँ आफ्ना सम्पूर्ण एपहरुलाई होम स्क्रिन अथवा अन्य पेजमा राख्नुपर्ने हुन्छ। एप्पलको आइओएसलाई पछि पार्न यस्तो गरिएको जस्तो देखिएको छ।

मेट ८ हेर्दा सुन्दर छ। मन फुकाएर भन्ने हो भने आजसम्म आएका स्मार्टफोनमध्ये असाध्यै गजब सुन्दर देखिन्छ। यो ग्याजेट हेर्दा मेसिन्ड एलुमियम जस्तो ठूलो देखिन्छ तर जब तपाइँले नजिकबाट नियाल्नुहुन्छ पछाडि पट्टि साना एन्टेना पाउनु हुनेछ। यसको बिजेल्सहरु यति मसिना छन् कि यसलाई हत्केलामा पनि अटाउन सकिन्छ। हुवई अहिले सिमलेस डिजाइनमा आएको छ।

यसलाई हातमा राखेर गल्ती खोज्न थाल्नुभयो भने कमजोरी पत्ता लगाउन तपाइँलाई गाह्रै हुन्छ। यो यति नरम छ जुन हत्तपत्त हातबाट चिप्लदैन। हेर्दा भारी देखिए पनि यसको स्पर्श गर्दा यसको नरमपन अनुभव गर्न सकिन्छ। तपाइँको हात सानो छ भने यो ६ इन्चको फोन तपाइँका लागि नहुन पनि सक्छ। मेड ८ को साइज ठूलो भए पनि हुवाइले क्वाड एजडिको साटो  १०८० पावरको रिजोलुसनको प्रयोग गरेको छ। कम्पनिले ब्याट्री आयु हेरेर यसको निर्णय गरेको देखिन्छ। अरु स्मार्ट फोनको तुलनामा १०८० पावर कम लगे पनि धेरै अवस्थामा १०८० प्रोसेसरले काम गर्छ। क्वाड एचडी ओलेट स्क्रिन प्रयोग गरिसकेकाहरुका लागि भने यो आहा भन्ने नहुन सक्छ।

मेट ८ ले हुवाइको आफ्नै अक्टा कोर चिप चलाइरहेको छ। हुवाइले ३ जिबी र्याम र ३२ जिबि स्टोरेज भएको मोडल केही समय अघि बजारमा पठाएको थियो। अतिरिक्त र्यामले फोनमै सिनेमा स्टोर गर्न पनि सकिनेछ। यसको अर्को विषेशता भनेको फिङरप्रिन्ट सेन्सर हो। यो नेक्सस ६ पी भन्दा छिटो छ। यसले एक पल्ट छुदैमा काम गर्छ। तपाइँले मोवाइल सुचारु गर्न धेरै थिचिरहनु पर्दैन। तपाइँले स्क्यानरमा औँला राख्दा केही सेकेन्ड मै आफै अनलक हुन्छ।

अन्ततः मेट ८ मा दुवै साइडमा एकदम आकर्षक स्पिकरहरु रहेका छन् जुन हेडफोन बिना नै तपाइले भिडियो हेर्न तथा साथीहरुसँग बसेर गीत सुन्न सक्नुहुनेछ। यसको आवाज त्यति आकार्षक नभएपनि अरु स्मार्टफोन भन्दा कम पनि छैन।

४००० एमएएचको ब्याट्री
मेट एट को विषेशता भनेकै यसको ब्याट्रीको आयु हो। हुवाईले ४००० एमएएच ब्याट्री प्रयोग गरी फोनलाई प्याक गरेको हुन्छ। र थोरै समयमा नै डिसप्ले देखन्छ। केही ब्याट्री जोगाउने सफ्टवेरहरुको सहयोगमा तपाइँ केही दिन ब्याट्री जोगाउन सक्नुहुनेछ। यसका प्रयोगकर्ताहरुको अनुभवमा मेड ८ को ब्याट्री दुई दिनसम्म टिकेको पाइएको छ। सबै प्रयोगकर्ताको अनुभव यस्तै भने पाइएको छैन।

१३ मेगापिक्सेलको क्यामेरा
यसमा १३ मेगा पिक्सेलको क्यामरा रहेको छ। यस बाट लिइएका तस्विरहरु राम्रा देखिए पनि कम प्रकाश भएको अवस्थामा केही समस्या आउन सक्छ। यसको क्यमेरा एपमा विषेश फिचरहरु पनि रहेका छन्। तपाइँले आफ्नो तस्विर ब्युटी मोडमार्फत सफा पनि गर्न सक्नुहुनेछ। तपाईले सेल्फी लिँदा फोनले क्विक काउन्डाउन पोज पनि दिन्छ। मेट ८ मा निकै गजब फिचरहरु छन्। यसको बनावट पनि निकै राम्रो छ। यसमा प्रयोग गरिएको स्क्रिन ग्लास पनि आसाध्यै सुन्दर छन्। आइफोनसँग प्रतिस्पर्धा गर्न सक्ने यो स्मार्टफानेको क्यामेरा ठिकैको छ। स्टोरेज बढाउन मिल्ने सुविधा निकै गजबको छ।

प्रकाशित: २१ असार २०७३ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App