१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हचुवामा गनिन्छ हिमचितुवा

काठमाडौं-आफूलाई हिमचितुवाको गोठालो भनेर चिनाउँदा औधि खुसी मान्ने घनश्याम गुरुङलाई उनका बुबा सधैँ प्रश्न गर्थे, ‘छोरा, हिमचितुवाको संख्या कति छ?’

बुबालाई घनश्यामको जबाफ हुन्थ्यो, ‘तीन सयदेखि चार सय अनुमान गर्छन् बुबा।’

                गुरुङले यही संवाद सम्झिँदै नागरिकस“ग भने, ‘बाउले मैले भन्ने गरेको हिमचितुवाको तथ्यांक कहिल्यै पत्याएनन् । उनले बाबुको भनाइ उद्धृत गर्दै भने, ‘बाउले म हिममै हुर्किएको मान्छे हुँ, यस्तो पनि तथ्यांक हुन्छ । हिमचितुवाको तथ्यांक पनि वैज्ञानिकले पत्ता लगाउने हो र ? यो त हिमाली भेगका गोठालालाई सोध्नुपर्छ । उनीहरुले ठ्याक्कै भन्छन् भन्थे।’

गुरुङको भनाइमा वैज्ञानिकले हिमचितुवाको तथ्यांक हचुवाका भरमा बढाएको बढाइरहेको बुबाको ठम्याइ थियो । ‘उहा“ गत वर्ष बित्नुभो तर उहा“ले भनेका कुराहरु आजका दिनसम्म पनि त्यत्तिकै सान्दर्भिक छन्’, विश्व वन्यजन्तु कोषका वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङले भने, ‘अहिले पनि हामी हचुवाकै भरमा हिमचितुवाको तथ्यांक उल्लेख गरिरहेका छौँ ।’

गुरुङ विगत दुई दशकदेखि हिमचितुवाको संरक्षणमा सक्रिय छन् । अधिकांश समय चितुवाकै बासस्थान वरिपरि बिताउन रुचाउ“छन् । 

मंगलबार राजधानीमा हिमचितुवा संरक्षणसम्बन्धी १२ देशीय दुईदिने उच्चस्तरीय कार्यशाला सुरु भएको छ। शुक्रबार १२ वटा देशका मन्त्रीहरुको स्टेयरिङ कमिटी बैठक हुँदै छ । अहिलेसम्म पनि गुरुङ बाबुछोराको संवाद सान्दर्भिक छ ।

ती कार्यशाला र बैठकमा नेपालले आफ्नो देशको तथ्यांक अहिले पनि तीनदेखि पा“च सय नै उल्लेख गरिरहेको छ । त्यसैले हिमचितुवाको वास्तविक तथ्यांक अहिले पनि यकिन छैन । अनुमानित तथ्यांककै भरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन भइरहेका छन् । यो अवस्था नेपालमा मात्र नभई चितुवा पाइने अन्य मुलुकमा पनि उस्तै छ।

                नेपालले भनिरहेको तथ्यांक सन् १९८० को दशकमा अनुमान गरिएको हो । अमेरिकी वैज्ञानिक रोड्नी ज्याक्सनले डोल्पोको एउटा सानो ठा“उमा गरेको अध्ययन आधारमा यो संख्या अनुमान गरिएको हो । यो नेपालकै पहिलो अध्ययन थियो । ‘ज्याक्सनले पुरानो प्रविधि प्रयोग गरेर त्यो अध्ययन गरेका थिए’, गुरुङ भन्छन् ।

उनले हिमचितुवा संरक्षण गर्ने हो भने सबैभन्दा पहिले यसको संख्या पत्ता लगाउनुपर्ने औंल्याए । ‘हचुवाका भरमा संख्या निकालेर कार्यक्रम बनाउ“दा मुलुकलाई नै घाटा छ’, उनले भने, ‘त्यसैले सरकार, गैरसरकारी संघसंस्था र दाता मिलेर सबैभन्दा पहिले यसको संख्या पत्ता लगाउनुपर्छ । अनि मात्र यसको बासस्थान र त्यसको क्षमता निकाल्न सकिन्छ । संरक्षण गर्नुपर्ने क्षेत्रहरुको पहिचान हुन्छ ।’

उनले थपे, ‘हामीस“ग कति सम्पत्ति छ भन्ने कुरा नै थाहा नभई त्यसको सुरक्षाको कुरा कसरी गर्ने ?’ गुरुङले बाघ, गैंडाजस्तै हिमचितुवाको वास्तविकता नजिकको तथ्यांक पत्ता लगाउन ढिलो भइसकेको बताए। ‘विज्ञान र प्रविधि धेरै अघि बढिसकेको छ । अब हामी अनुमान गरेर बस्नु हँुदैन,’ उनले थपे ।

गुरुङको विश्लेषण बाघ संरक्षण सन्दर्भमा अन्य मुलुकस“ग पनि मिल्छ । बंगलादेशले अनुमानका भरमा आफ्नो देशमा २ सय ५० देखि ३ सय ५० बाघ रहेको ठोकुवा गर्दै आएको थियो । सन् २०१६ मा जब गणना गरियो, बाघको संख्या १ सय ६ मात्र देखियो ।

मलेसियाले पनि ५ सयवटा बाघ छन् भन्दै आएको थियो । पछि २ सय ५० देखि ३ सय रहेको बतायो ।

वन मन्त्रालयका सहसचिव महेश्वर ढकालका अनुसार प्रह्लाद योञ्जनले सन् २००४ देखि सन् २०१५ सम्मका लागि तयार गरेको कार्ययोजनामा उल्लिखित अनुमानित तथ्यांकलाई नेपालले आधिकारिकता दिएको हो । ‘यही तथ्यांकको आधार ज्याक्सनको अध्ययन प्रतिवेदन हुन सक्छ तर तथ्यांकै हो भन्न सक्दिनँ,’ उनले भने ।

ढकाल पनि ‘वैज्ञानिक गणना’ हिमचितुवा संरक्षणको अबको ‘स्टेप’ का रुपमा व्याख्या गर्छन् । ‘नेपालले यो मुद्दालाई अहिले चलिरहेको कार्यशाला र मन्त्रीस्तरीय स्टेयरिङ कमिटीमा जोडदार उठाउ“छ’, उनले भने, ‘तर पनि प्रत्येक हिमचितुवाको अध्ययन गर्न सम्भव छैन । संसारका कुनै पनि वैज्ञानिकले यो गर्न सक्दैन । यो निकै जटिल काम हो तर नमुना क्षेत्र र तिनको अध्ययनबाट नजिकको संख्या पत्ता लगाउन सकिन्छ।’              

ढकालका अनुसार गणना गर्ने क्रममा सबैभन्दा पहिले हिमाली क्षेत्रका सबै पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) हरुको पहिचान गरिन्छ । त्यसबाट मिल्दाजुल्दा प्रणाली पहिचान गरिन्छ । ती पारिस्थितिकीय प्रणाली र त्यसमा बसोबास गर्ने हिमचितुवाको अध्ययन गरिन्छ । ती प्रणालीमा क्यामेरा ट्र्यापिङ गरिन्छ । र, दिशा संकलन गरेर त्यसको विश्लेषण पनि गरिन्छ । ‘अब हामी प्रक्रिया र पद्घति अपनाएर यसको नजिकको तथ्यांक पत्ता लगाउने काम गर्छौं तर यो काम निकै मह“गो पनि हुनेछ’, उनले भने, ‘मलाई विश्वास छ यो कार्यशाला र मन्त्रीस्तरीय बैठकले नेपालमा मात्र होइन, चितुवा पाइने बाह्रै देशले यसको गणना सुरु गर्ने कुरा स्वीकृत गर्नेछ ।’

हिमचितुवाका लागि कञ्चनजंघादेखि लाङटाङ, मनास्लुदेखि धौलागिरि र धौलागिरिदेखि अपिनम्पा हिमालबीच गरी तीन भूदृश्य पहिचान गरिएको छ । १२ वटा मुलुकमा यस्ता भू–दृश्य २३ वटा छन्। नेपालका तीनमध्ये पहिलो कञ्चनजंघादेखि लाङटाङ निकै महत्ववपूर्ण मानिन्छ तर अनुसन्धानकर्ताको अनुमानमा सबैभन्दा बढी हिमचितुवा डोल्पा, त्यसपछि मुस्ताङको नार्फु र कञ्चनजंघामा पाइन्छ।

पूर्वको कञ्चनजंघादेखि लाङटाङबीचको भूभाग चितुवा संरक्षणमा दुई कारण बढी महत्ववपूर्ण मानिएको छ। किनकि यसअघि त्यस क्षेत्रमा रेडियोकलर गरेर छाडेको चितुवा चीन, भारत र नेपालमा विचरण गरेकाले यसले यी देशबीचको अन्तरदेशीय सम्बन्धमा समेत सकारात्मक भूमिका खेल्न सक्छ । यसको बासस्थान सीमित घेरामा नहुने भएकाले भूदृश्य अवधारणामा अघि बढ्न विश्व समुदायलाई सन्देश पनि दिएको छ ।

मंगलबार सुरु भएको दुईदिने कार्यशालाको वनमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । ७ गते हुने भनिएको विश्व हिमचितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम कार्यकारी समितिको बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाले गर्नेछन् । दुईदिने कार्यशालामा पनि १२ देशका करिब ७० विज्ञ र संरक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि छन्।

प्रकाशित: ५ माघ २०७३ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App