१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साँझपख बस पाउनै मुस्किल

ललितपुर-आइतबार बेलुकीलगनखेल बसपार्कमाभक्तपुर कमलविनायकको बस कुर्ने यात्रुकोचाप देखिन्थ्यो। बसपार्कमाभने एउटा बस थिएन। साँझको समय बसपार्क खाली देखेपछि यात्रुहरु बस नपाइने चिन्तामा देखिन्थे।

भक्तपुर कमलविनायकको बस कुरेकीसूर्यविनायककी सुनिता भण्डारीले बेलुकीपखलगनखेलबाट भक्तपुर जाने बस भेट्नमुस्किलहुने बताइन्। ‘६ बजेपछि यहाँबाट बस पाउनै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘बसपार्कमाएक घन्टा उभिएपछिमात्र बस आउँछ, त्यो पनिबसभित्रखुट्टो राख्ने ठाउँ हुँदैन ।’

उनीजस्तै बेलुकीपख बस कुर्ने यात्रुले लगनखेल बसपार्क भरिएको हुन्छ ।समयमै बस नआउँदायात्रुले हरेक दिन यस्तो समस्या खेप्दै आउनुपरेको छ ।

सहरी रुटमा मात्रहोइन, यस्तो समस्यागाउँको रुटमा पनि छ । लगनखेलबाट ग्रामीण भेगमाचल्ने गाडीको संख्याकमभएकै कारण कतिपय रुटमा यात्रु चढाउन बसले रोक्ननमानेको ललितपुर चापागाउँकी रचनातिमल्सिनाले बताइन् ।

सिन्डिकेटकै कारण लेले–लगनखेल चल्ने बसले पनिचापागाउँ, सुनाकोठी, ठेचो ढोलाहिटी लगायत क्षेत्रकायात्रुलाई चढाउन नमानेको सुनाकोठीकास्थानीयसविन नेपालले बताए । उनकाअनुसार स्थानीयले यस्तो गुनासो बारम्बार ललितपुर मिनिबस व्यवसाय संघमा गर्दासुनुवाइभएको छैन ।

संघका अनुसार अहिले ललितपुर–भक्तपुर रूटमा चल्नै ३६ वटा बस छन् । ती बस ६ मिनेटको अन्तरमाबसपार्कबाट छुट्ने संघका अध्यक्षनिररत्न नेवा बताउँछन् । ‘कुनै सिन्डिकेट छैन, सडक जामले गर्दा बस गन्तव्यमापुग्न ढिला हुन्छ,’ उनले भने, ‘कोटेश्वर र ग्वार्कोको जामले सबैभन्दा बढी असर पारेको छ।’

त्यसो त ललितपुरको चापागाउँ लेले सडक साँघुरो भएकाकारण बिहान र बेलुकीपिकआवरमाअत्यन्तै जामहुने गरेको ललितपुरका ट्राफिक इन्चार्ज सीताराम हाछेंथुले जानकारी दिए । उनी भन्छन्, ‘मेलम्चीले पाइपलाइन खनेपछि सडक झनै अस्तव्यस्त बनेको छ, ढोलाहिटी सडकखण्डमा हिजोआजहरेकदिनचार वटासम्म टेम्पो फस्ने गरेका छन् ।’

ट्राफिक प्रहरी केन्द्रमै सीमितहुँदा ग्रामीण क्षेत्रमा ट्राफिक व्यवस्थापननभएको स्थानीय बताउँछन्। चापागाउँकाअजयश्रेष्ठ भन्छन्, ‘गाउँको सडकमा ट्राफिक नपुग्दापिकआवरमाअत्यधिकजामहुने गरेको छ।’

संघले गोदावरी–ठैंब, हरिसिद्धि–सातदोबाटो–काठमाडौं चल्ने बसको व्यवस्थागर्न नसक्दा स्थानीयलाई सास्तीहुने गरेको छ। त्यस्तै, छम्पी, खोकना, मगरगाउँ, भैंसीपाटीबाट सीधै काठमाडौं जाने बस चलेपनित्यस क्षेत्रमानिकै साना, थोत्रा र कम संख्यामा सवारी गुड्ने गरेका छन्।

काठमाडौंमाचल्नेबोहक छम्पी, बुङमती, खोकना, मगरगाउँचल्नेसमेत गरी जम्मा३१ वटा बस मात्र रहेको ललितपुरका ट्राफिक इन्चार्ज हाछेंथुले जानकारी दिए। नेपाल राष्ट्रिय यातायातव्यवसायीमहासंघका महासचिवसरोज सिटौलाले पछिल्लो समय अवैज्ञानिक रुपमा सडक प्रयोग गरेकाकारण  जामहुने गरेको बताए । ‘फुटपाथपसल, बटुवा र साना सवारीले जथाभावी सडक र सडकपेटी प्रयोग गर्दा त्यसको असर ठूला सवारीमा परेको होे,’ उनले भने, ‘पिकआवरमाकुन सवारीलाई प्राथमिकतादिने भनेर सरकारले समय तालिकानिर्धारण गर्ने हो भने यसलाई व्यवस्थापनगर्न सकिन्छ।’

प्रकाशित: ५ माघ २०७३ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App