१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

गाओ (माली)-मालीमा भएको आत्मघाती कारबम हमलामा परी कम्तीमा ५० को मृत्यु भएको छ ।

पूर्वविद्रोहीहरुलाई राखिएको शिविरमा बुधबार विस्फोट भएको र अरु कैयौ घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

गाओ यस क्षेत्रको सवै भन्दा ठूलो सहर हो । यहाँ सन् २०१५मा शान्ति सम्झौता भएर सरकार विरोधी गतिविधि रोकेका विद्रोहीहरुलाई राखिएको थियो ।

राष्ट्रपति इब्रहिम बौबाकरले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अल्जेरियन जिहादिस्ट र अलक्वेदाले विज्ञप्ती जारी गरी घटनाको जिम्मेबारी लिएका छन् ।

आक्रमण लगत्तै रक्षा मन्त्री अब्दुल्लाय इद्रिसा मैगाले घटनास्थलमा पुगेर घटनाका बारेमा जानकारी लिएका छन् ।

यसैबीच, सो घटनालाई संयुक्त राष्ट्रसङ्घले क्रुर अमानविय घटनाको संज्ञा दिएको छ ।

राष्ट्रसङ्घका एक जना प्रवक्ताले मालीमा भएको घटनाको घोर भ्रत्सर्ना गरिएको र शान्ति सम्झौतालाई प्रभाव पार्नेगरी भएका यस्ता गतिविधि निन्दनीय भएको बताए । रासस-एएफपी

प्रकाशित: ६ माघ २०७३ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App