१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एउटै डोरीमा झुण्डिएर 'प्रेमी-प्रेमिका'द्वारा आत्महत्या

झापा- समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। 

यसकै पछिल्लो उदाहरण हो- झापाको कनकाई नगरपालिका-६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या पनि। उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेका छन्। 

कनकाई नगरपालिका-७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। 

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन्।

आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले बताए। 

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ। अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ। 

भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्। रासस 

प्रकाशित: ७ माघ २०७३ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App